- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं.४ मा २८ बर्षीय युवा लोकेन्द्र थापा मगर वडाध्यक्षमा निर्वाचित भएका छन् । चौविसे–४ सुरुङ्गी घर भएका मगर ३९४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार नगेन्द्र बहादुर तामाङले २८२ मत प्राप्त गरेका छन् । निवर्तमान वडाध्यक्षसमेत रहेका कांग्रेसका तामाङलाई ११२ मतान्तरले पराजित गर्दै एमालेका मगर वडाध्यक्षमा निर्वाचित भएका हुन् । कलिलै उमेरदेखि राजनीतिमा क्रियाशिल मगर नेकपा एमालेको वडा कमिटी अध्यक्ष पनि हुन् ।

सो वडामा नेकपा एमालेको प्यानललै बिजयी भएको हो । महिला वडा सदस्यमा बुद्धिमाया तामाङ, दलित महिला वडा सदस्यमा वेदकुमारी गजमेर तथा खुल्ला वडा सदस्यमा कोमल प्रसाद वराल र राजन माझी निर्वाचित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!