- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १ मा वडाध्यक्षसहित नेकपा एमालेको प्यानलनै विजयी भएको छ । नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार गोविन्द लिम्बु ४५० मतसहित बिजयी बनेका हुन् ।

Advertisement

उनका निकटतम प्रतिवद्धन्द्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगेन्द्र लिम्बुले ३५७ मत ल्याए । जोगेन्द्रलाई ९३ मतान्तरले पराजित गर्दै एमाले उम्मेद्वार गोविन्द वडाध्यक्षमा बिजयी बनेका हुन् ।

सो वडामा वडाध्यक्षसहित एमालेको प्यानलनै बिजयी बनेको हो । एमालेका तर्फबाट दलित महिला सदस्य निर्मला दर्जी, महिला सदस्य आरानमाया लिम्बु, खुला सदस्यद्धय नन्दसिं तामाङ र इन्दिरा सुब्बा याखा पनि बिजयी भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!