- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १० मा पनि नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । वडाध्यक्षमा एकबहादुर राईसहित एमालेको प्यानलनै बिजयी बनेको हो ।

५२७ मतसहित एकबहादुर बिजयी बनेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट कांग्रेस उम्मेद्वार राजु राईले ३४५ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार राजुलाई १८२ मतान्तरले पराजित गर्दै एकबहादुर पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

सो वडामा एमालेका तर्फबाट दलित महिला वडा सदस्य बच्चे सार्की, महिला वडा सदस्य प्रितिमाया राई, खुल्ला वडा सदस्यद्वय राजकुमार राई र दिपक राई पनि बिजयी भएका छन् । यसअघि साँगुरीगढी १ मा पनि वडाध्यक्षसहित नेकपा एमालेको प्यानलनै बिजयी भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!