संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित पाँच वडामा नेकपा एमाले बिजयी भएको छ । गएराती सम्पन्न मतगणना अनुसार ५०३८ मतसहित एमाले उम्मेद्वार राजकुमार चेम्जोङ गाउँपालिका अध्यक्षमा बिजयी भएका हुन् ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दलबहादुर मगरले ३९९१ मत ल्याएका छन् । माओवादी केन्द्रका मगरलाई १०४७ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

गाउँपालिका उपाध्यक्षमा पनि एमाले उम्मेदवार टंकमाया पाङ्मी मगर ४९८३ मतसहित बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका मंगलकुमार लिम्बुले ३९८८ मत ल्याएका छन् । जसपाका लिम्बुलाई ९९५ मतान्तरले पराजित गर्दै एमालेकी मगर उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

पाँच वडामा एमाले, तीन वडामा गठबन्धन बिजयी

चौविसे गाउँपालिकाका आठ वडा मध्ये पाँच वडामा एमाले र तीन वडामा गठबन्धनले जित हासिल गरेको छ । वडा नं.२ मा एमालेका एनोज तुम्सा, ३ नं. मा मदन तुम्सा, ४ नं.मा लोकेन्द्र मगर, ५ नं.मा ताराबीर याखा र ८ नं.मा धनबहादुर लिम्बु निर्वाचित भएका छन् ।

चौविसे १ नं. मा कांग्रेसका देवेन्द्र श्रेष्ठ, ६ नं. मा जनता समावादी पार्टीका आशिष लिम्बु र ७ नं. मा नेपाली कांग्रेसका रुद्र लिम्बु निर्वाचित भएका हुन् ।

यो पनि हेर्नुहोस्…

धनकुटाको चौविसे गाउँपालिका अध्यक्षमा एमालेका चेम्जोङ बिजयी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!