- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ मा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी भएको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्र वडाध्यक्षका उम्मेदवार पदम रखाल ८२६ मतसहित बिजयी बनेका हुन् ।

Advertisement

उनका निकटतम प्रतिवद्धन्द्धी नेकपा एमालेका उम्मेदवार धन बहादुर कुँवरले ३६५ मत ल्याए । धन बहादुरलाई ४६१ को फराकिलो मतान्तरले पराजित गर्दै माओवादीका पदम वडाध्यक्षमा बिजयी बनेका हुन् ।

सो वडामा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी बनेको हो । दलित महिला वडासदस्य सुजता दर्जी, महिला वडासदस्य कृष्णमाया कटुवाल, खुला सदस्यद्धय दिलबहादुर मगर र भेषराज पौडेल पनि बिजयी भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!