संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका चिन्तन तामाङ्ग बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार ७६६६ मतसहित एमाले उम्मेदवार तामाङ्ग बिजयी भएका हुन् ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिनेश राईले ७६५२ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस जिल्ला सभापति राईलाई १४ मतान्तरले पराजित गर्दै तामाङ्ग दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।

यता, उप–मेयरमा पनि एमाले उम्मेदवार भीमादेवी खनाल बिजयी भएकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गणेश बिष्टलाई ५६७ मतान्तरले पराजित गर्दै एमालेकी खनाल उप–मेयरमा निर्वाचित भएकी हुन् ।

एमाले उम्मेदवार खनालले ७१९६ मत प्राप्त गर्दा माओवादी केन्द्रका बिष्टले ६६२९ मत ल्याएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!