- संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडामा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ४५ वर्षीया भक्तकुमारी बुढाथोकी छन् ।

बिहान ८ बजे घरमा बसिरहेका बेला वर्षासँगै परेको चट्याङले लाग्दा बुढाथोकी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कटारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!