संगालोखबर संवाददाता

इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना मध्याह्नबाट सुरु गरिएको छ । मतगणना सुरु गर्ने क्रममा उक्त क्षेत्रको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतपेटिका खोलेर व्यवस्थापन गरिएको छ ।

Advertisement

फाकफोकथुममा २४ मतदान केन्द्र थिए । १६ हजार ३०२ मतदाता रहेको उक्त पालिकामा ९ हजार ६०४ मत खसेको थियो ।

उक्त पालिकाको गणनापछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मतगणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

सोमबार साँझसम्म मतगणनाको अन्तिम परिणाम आउन सक्ने गरी काम भइरहेको उनले बताए ।

शनिबार सम्पन्न निर्वाचनमा ६९ हजार २ ८७ मत खसेको थियो । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा इलाम नगरपालिकाका ११ वटा वडावाट २० हजार ६ सय ६५ मत खसेको थियो ।

हिजो मतदान प्रक्रिया सकिएपछि सबै केन्द्रहरुको मतपेटिका राति नै जिल्ला सदरमुकाममा संकलन गरिएको थियो ।

सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा सुरक्षालगायत व्यवस्था पूरा गरी गणना थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!