संगालोखबर संवाददाता


विराटनगर । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकामा एकजना विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा आधारशिविर जाने क्रममा सनासा भन्ने स्थानमा रहेको होटलमा बास बसेकी इन्डोनेसियाकी नागरिक मेरिस्टारिता सिनागाको मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बास बसेको होटलमा ३६ वर्षीया ती महिला हिजो बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।

Advertisement

घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले उनलाई नाम्चेस्थित होमगिल सामुदायिक अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!