इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १२ हजार ६९ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Advertisement

उनी निकटतम प्रतिस्पर्धीभन्दा ४ हजार ६ सय ८३ मतले अघि छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ८ हजार ३८६ मत पाएका छन् ।

यसैगरी, पहिचानवादी भनिएका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ८ हजार ९८ मत पाएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १६ सय ३६ मत मात्र पाएका छन् ।

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम–२ मा रहेकामध्ये अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!