संगालोखबर संवाददाता

इलाम । इलामको माई नगरपालिका–२ दिपु डाँडामा एक युवकले सौतेनी आमाको हत्या गरेका छन् ।

Advertisement

मदिरा सेवन गरेर घर पुगेका स्थानीय २१ वर्षीय सन्देश दियालीले ३१ वर्षीया सौतेनी आमा नेत्रमाया खवासको गएराति हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा उनले सौतेनी आमालाई बाम्फोकले शरीरको विभिन्न भागमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

बाम्फोक प्रहारले खवासको दाहिने हात छिनिएको साथै टाउकामा गहिरो चोट लागेको थियो ।

प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!