संगालोखबर संवाददाता

विराटनगर । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनको मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।

Advertisement

प्रारम्भिक परिणामअनुसार भण्डारीले १५७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १३२ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले ३ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

बझाङमा छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरू गरिएको हो । शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको थियो ।

प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!