सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ? 

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ? 

विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको हो ।महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार एक सय रुपैयाँ कायम भएको छ । मङ्गलबार सुन तोलामा एक हजार रुपैयाँले घटेर एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय ६५ रुपैयाँम...
बसले ठक्कर दिँदा प्रहरी इन्स्पेक्टरको मृत्यु

बसले ठक्कर दिँदा प्रहरी इन्स्पेक्टरको मृत्यु

सर्लाही । सर्लाहीको बलरा नगरपालिका-९ मा बसको ठक्करबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु भएको छ । ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षीय विजयकुमार तुलाधरको मृत्यु भएको हो । गएराती करिब ९ बजे बिओपी छतौनाको कार्यालय अगाडि बा.प्र ०१-००६ ख २००४ नम्बरको बसले तुलाधरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । उपचारका क्रममा र...
२०८१ पुष १७ गते बुधबार/आजको राशिफल

२०८१ पुष १७ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ पुष १७ गते बुधबार ई.सं.२०२५ जनवरी ०१ नेपाल सम्वत् ११४५ पोहेलाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल द्वितीया, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, व्याघात योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखम...
पेट्रोल र डिजेलको भाउ बढ्यो, हवाई इन्धनको घट्यो

पेट्रोल र डिजेलको भाउ बढ्यो, हवाई इन्धनको घट्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरेको छ । निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । आज राती १२ बजेबाट लागू हुने गरी मूल्य हेरफेर गरिएको हो । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँका दरले मूल्य बढाइएको निगमले जनाएको छ । अब विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रति...
इटहरीमा राजावादीका नाममा बम आतङ्क

इटहरीमा राजावादीका नाममा बम आतङ्क

सुनसरी । सुनसरीको इटहरीमा राजावादीको नाममा आज बम आतङ्क मच्चाइएको छ । इटहरी उपमहानगरपालिका कार्यालय, भोटेपुल र वुढी खोला पुलमा बम राखेको भनेर आतङ्क मच्चाइएको हो । विभिन्न ठाउँमा बम राखेको भन्दै प्रहरी कार्यालयको नम्बरमा म्यासेज आएको थियो । सोही बमोजिम इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी र...
सुरु भयो १२ औं भेडेटार फुड फेस्टिभल 

सुरु भयो १२ औं भेडेटार फुड फेस्टिभल 

धनकुटा । धनकुटाको भेडेटारमा आजबाट १२ औं फुड फेस्टिभल अर्थात् खाना महोत्सव सुरु भएको छ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्‌घाटन गरेसँगै महोत्सव सुरु भएको हो । उद्‌घाटन समारोहमा बोल्दै मन्त्री मण्डलले प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को तयारी गरिरहेको बताए । पर्यटन क्षेत्रमा प्रदेश सरकारले विषेश प्राथमिकता दिएर काम गरिरहेको मन्त्री मण्डलको भनाइ थियो । ‘पर्यटकीय क्षेत...
ग्रामथानका अध्यक्ष भन्छन् : ‘मलाई पेलेर जान खोज्नु गलत हो, पेलेको सहन सक्दिनँ’

ग्रामथानका अध्यक्ष भन्छन् : ‘मलाई पेलेर जान खोज्नु गलत हो, पेलेको सहन सक्दिनँ’

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले आफूविरुद्ध गलत प्रचारबाजी भएको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले आफूले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई सोधेको स्पष्टीकरणको विषयमा गलत प्रचार भएको बताएका हुन् । उनले माटो उत्खनन रोक्ने विषयमा आफूलाई जानकारी नदिई प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई पत्र काट्नु गलत भएको बताए । ‘गैरकानुनी उत्खनन कार्य रोक्...
मोरङको सुन्दरहरैँचामा हात्तीले आक्रमण गर्दा वृद्धाको मृत्यु 

मोरङको सुन्दरहरैँचामा हात्तीले आक्रमण गर्दा वृद्धाको मृत्यु 

विराटनगर । मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।  जङ्गलमा घाँसदाउरा लिन गएकी सुन्दरहरैँचा-५ की ६० वर्षीया चन्द्रकला लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोमबार साँझ उनी घाँसदाउरा लिन जङ्गल गएकी थिइन् । उनी घर नफर्किएपछि खोज्न गएका स्थानीयले आज बिहान मृत भेट्टाएका थिए । ‘हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु भएको पुष्टि भएको छ’, जिल्ला प्रहरी कार्यालय मोरङका ...
धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

धनकुटा । धनकुटामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चौबिसे गाउँपालिका-२ का २५ वर्षीय मेख बहादुर लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको टोलीले सोमबार उनलाई नियन्त्रण लिएको हो । चौबिसे गाउँपालिका-६ राजारानीको मिकलुक होटलमा लगेर पुस ८ गते ...
मोरङको पथरीमा टिपर र हायस ठोक्किए 

मोरङको पथरीमा टिपर र हायस ठोक्किए 

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका नजिकै रहेको बक्राहा पुल छेउमा टिपर र हायस ठोक्किँदा दुर्घटना भएको छ । केहीबेर अगाडि भएको दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्र १-०२००१ क ५२२७ नम्बरको टिपर र बा ५ ख ५९८२ नम्बरको हायस ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहन बिक्रम दाहालले जानकारी दिए । ‘बाटो बन्ने क्रममा छ । दुर्घटनाको कारण खुलेक...
२०८१ पुष १६ गते मङ्गलबार/आजको राशिफल

२०८१ पुष १६ गते मङ्गलबार/आजको राशिफल

बि.सं.२०८१ पुष १६ गते मंगलबार ई.सं.२०२४ डिसेम्बर ३१ नेपाल सम्वत् ११४५ पोहेलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल प्रतिपदा, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, धुव्र योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खा...
चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

पाँचथर । पाँचथरको फिदिममा सञ्चालित फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ५-४ गोलअन्तरले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिम २/२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज...
अवैध उत्खननलाई गाउँपालिका अध्यक्षको संरक्षण, रोक्न खोज्दा हाकिमलाई स्पष्टीकरण !

अवैध उत्खननलाई गाउँपालिका अध्यक्षको संरक्षण, रोक्न खोज्दा हाकिमलाई स्पष्टीकरण !

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद देखिएको छ । अध्यक्ष नमो नारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई लेखेको स्पष्टीकरणले यसको पुष्टि गरेको हो । गैरकानुनी उत्खनन भइरहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रहरीलाई पत्र लेखेका थिए । उनले उत्खनन रोक्न माग गर्दै प्रहरीलाई लेखेको पत्रमाथि अध्यक्षले स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष माझील...
पानी जोहो गर्दैमा बित्छ फाकफोकथुमवासीको समय 

पानी जोहो गर्दैमा बित्छ फाकफोकथुमवासीको समय 

इलाम । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा खानेपानीको हाहाकार छ । हिउँद लागेसँगै खानेपानी जोहो गर्न स्थानीयलाई धौ-धौ हुन्छ । पानी जोहो गर्दैमा उनीहरूको बिहान बित्छ । सल्लेरी गाउँमा ९० घरपरिवारको बसोबास छ । उनीहरू झिसमिसेकै डोकोमा गाग्री र बोतलहरू बोकेर पानी जोहो गर्न तर्फ लाग्छन् । सोही स्थानका पृथ्वी प्रसाद भण्डारीका अनुसार पानीको अभावले गाउँमा समस्या भएको छ । सरकारले ठूला आयोजना ल्याइदेला...
लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

झापा । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । झापा, सुनसरी र धनकुटाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । चेक जाँचको क्रममा झापा बुद्धशान्ति गाउँपालिका-४ का २१ वर्षीय पर्शुराम राईलाई २ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । सुनसरीको बराह...
खोटाङमा नाबालिकासँग विवाह गर्ने युवक र सहयोगी आफन्त पक्राउ

खोटाङमा नाबालिकासँग विवाह गर्ने युवक र सहयोगी आफन्त पक्राउ

विराटनगर । खोटाङमा आफन्तको घर हिँडेकी १३ वर्षीया नाबालिकासँग विवाह गर्ने र बालविवाह गराउन सहयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बाटोमा रोकेर ललाइफकाइ विवाह गर्ने उनीहरूलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो । बालिकाको आफन्त पर्नेको संलग्नतामा पुस ८ गते २८ वर्षीय युवकसँग विवाह भएको थियो । विवाह गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउन...
धनकुटाबाट भरुवा बन्दुक बरामद

धनकुटाबाट भरुवा बन्दुक बरामद

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-९ गुराँसे डाँडाबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ । हिजो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नारायण बहादुर थापाको घरबाट बन्दुक बरामद गरेको हो । प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले गोठमा राखेको अवस्थामा भरुवा बन्दुकसहित पाँच सय ग्राम बारुद र एक सय ५० ग्राम छर्रा पनि बरामद गरेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । थापा फर...
२०८१ पुष १५ गते सोमबार/आजको राशिफल

२०८१ पुष १५ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ पुष १५ गते सोमबार ई.सं.२०२४ डिसेम्बर ३० नेपाल सम्वत् ११४५ थिंलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण औंसी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वृद्धि योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ०५ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जु...
कोशी पर्यटन वर्षको तयारीमा जुट्यो प्रदेश सरकार

कोशी पर्यटन वर्षको तयारीमा जुट्यो प्रदेश सरकार

विराटनगर । प्रदेश सरकारले कोशी पर्यटन वर्ष २०८२ को तयारीलाई तिव्रता दिएको छ । पर्यटन वर्ष सफल बनाउँन विराटनगरमा आइतबार सचिवालय उद्‌घाटन गरेर काम अघि बढाइएको हो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सचिवालय उद्‌घाटन गरेका छन् । मन्त्री मण्डलकै संयोजकत्वको सचिवालयमा भविशकुमार श्रेष्ठ र कृष्णकुमार साहलाई सह-संयोजकको जिम्मेवारी दिइएको छ । पर्यटन गतिविधिलाई अघि बढाउदै पर्यटक...
धनकुटामा मोबाइल किन्दा गणेशले पाए टिभी उपहार

धनकुटामा मोबाइल किन्दा गणेशले पाए टिभी उपहार

धनकुटा । धनकुटाको मदन चोकस्थित मानव मोबाइल पसलमा मोबाइल किन्दा तेह्रथुमका गणेश पौडेलले टिभी उपहार पाएका छन् । दशैं अफरमा मोबाइल किनेका पौडेलले गोला प्रथाबाट टिभी उपहार पाएका हुन् । तेह्रथुमको छथर जोरपाटी गाउँपालिका-१ सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका पौडेलले १३ हजार मूल्य बराबरको स्मार्टफोन किनेका थिए । दशैंदेखि छठपर्वसम्म विभिन्न उपहारको अफर ल्याएको सो पसलले पौडेललाई कुपन प्र...
झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार 

झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार 

धनकुटा । धनकुटाकी साहित्यकार झमक घिमिरेलाई नेपाली प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले नगदसहित सम्मान गरेको छ । आज एक कार्यक्रमका बीच प्रलेस केन्द्रिय समितिले साहित्यकार घिमिरेलाई नगदसहित सम्मान गरेको हो । नेपाली प्रगतिशील बाङ्मयको उन्नयनमा योगदान पुर्याएको भन्दै साहित्यकार घिमिरेलाई सम्मान गरिएको प्रलेसले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरा...
ताप्लेजुङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

ताप्लेजुङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशीका दुई जिल्लाबाट नियन्त्रित औषधी तथा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई हिजो सुनसरी र ताप्लेजुङबाट प्रहरीले पक्राउ गरेको हो । हिजो राति अस्थाई प्रहरी पोष्ट श्याम चोकबाट खटिएको प्रहरी टोलीले धरान-१५ मिलन चोकबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । स्कुटरमा सवार सोही स्थानका २७ वर्षीय सञ्जीव गिरी र २३ वर्षीय रोजेश श्रेष्ठलाई स्पासपेन १२३ ट्याबलेट र लागूऔषध ट्रामाडोल ११७ ...
सोलुखुम्बुको तापक्रम माइनसमा झर्‍यो

सोलुखुम्बुको तापक्रम माइनसमा झर्‍यो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम सल्लेरीको तापक्रम माइनसमा झरेको छ । हावापानी मापन केन्द्रका अनुसार सल्लेरीमा हिजो बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको थियो । तापक्रम माइनसमा झरेसँगै स्थानीयको दैनिकी समेत प्रभावित बनेको छ । अहिले सल्लेरी क्षेत्रका  मानिस आगो तापेर बस्न थालेका छन् । चिसोले घरभित्र बस्नसक्ने अवस्था न...
ताप्लेजुङमा माघेनी मेला विशेष फुटबल प्रतियोगिता 

ताप्लेजुङमा माघेनी मेला विशेष फुटबल प्रतियोगिता 

ताप्लेजुङ । ताप्लेजुङमा माघेनी मेलाको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आठराई त्रिवेणी गाउँपालिका-४ चाँगेमा आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय प्रतियोगिता हुने भएको हो । आयोजकले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै पुस २५ गतेदेखि माघ १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको छ । प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । प्रतियोगिताको विजेता टो...
लुक्लाबाट काठमाडौं उडेको हेलिकप्टरमा चरा ठोक्कियो 

लुक्लाबाट काठमाडौं उडेको हेलिकप्टरमा चरा ठोक्कियो 

विराटनगर । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएको छ । आज बिहान सवा १० बजेतिर हेलि एभेरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोक्किएको हो । चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर भक्तपुरको साँगामा आकस्मिक अवतरण गराएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु रहेका थिए । हेलिकप्टरको बाहिरी भागमा केही क्षति पुगेको जनाइएको छ ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बाझियो राय

प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बाझियो राय

विराटनगर । प्रस्तावित विद्यालय शिक्षा विधेयक माथिको सुझाव सङ्कलनका क्रममा  सरोकारवालाहरूले आ-आफ्नै राय प्रस्तुत गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले विराटनगरमा प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि सुझाव सङ्कलन गर्ने क्रममा उनीहरूको राय बाझिएको हो । विषय विज्ञ डाक्टर विष्णु बहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्दै अबको शिक्षा सीपमूलक र रोजगारीमूलक हुनुपर्ने सुझाव दिए ।...
ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स सञ्चालनमा आएसँगै तीर्थयात्रीलाई सहज भएको छ । दैनिक सयौँको संख्यामा पाथिभरामा तीर्थयात्री पुग्ने गरेका छन् ।  तीर्थयात्री र यस क्षेत्रको सुरक्षाका लागि तल्लो फेदी अर्थात काफ्लेपाटीमा पर्यटन प्रहरी हेल्प डेक्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । हेल्प डेक्स साउनमा स्थापना गरिएको हो ।  ‘चिसो पनि बढी हुने, ...
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

विराटनगर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ए...
इलामको डेरी उद्योगमा आगलागी

इलामको डेरी उद्योगमा आगलागी

इलाम । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी भएको छ । सन्दकपुर-३ तालगाउँका ४४ वर्षीय सागर खतिवडाले आफ्नै घरमा सञ्चालन गर्दै आएको डेरी उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ३० लाख बराबरको क्षति भएको छ । दुध तताउने क्रममा अचानक आगलागी हुँदा घरसहित अन्नपात, लत्ताकपडा र डेरी पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नि...
२०८१ पुष १४ गते आइतबार/आजको राशिफल

२०८१ पुष १४ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ पुष १४ गते आइतबार ई.सं.२०२४ डिसेम्बर २९ नेपाल सम्वत् ११४५ थिंलागा चतुर्दशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण चतुर्दशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, गण्ड योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ०५ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जु...
फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

पाँचथर । मच्छिन्द्र फुटबल क्लब पाँचथरमा जारी एघारौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको छ । न्यू रोड टिम (एनआरटी) लाई १–० गोलले हराउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो । मच्छिन्द्रले भोलि चर्च ब्वाइज युनाइटेडसँग फाइनल खेल खेल्नेछ । मच्छिन्द्रका लागि खेलको १० औँ मिनेटमा दयानन्द इङलाबाङले गरेको गोल नै निर्णायक बनेको थियो । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले नगद १० लाख ...
error: Content is protected !!