कोशी प्रदेशमा सवारी दुर्घटना : एक वर्षमा ४१८ जनाले गुमाए ज्यान
विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर चार सय १८ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा भएका दुर्घटनामा सात सय ११ जना गम्भीर र आठ हजार पाँच सय ३० जना सामान्य घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार लापरबाहीपूर्वक सवारी-साधन चलाउँदा सबैभन्दा बढी दुर्घटना भएका छन् । सो अवधिमा ट्राफिक नियम उलङ्घन गर्ने दुई लाख १३ हजार छ सय ९५ वटा सवारी-स...































