
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । आज महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका हुन् ।
‘तराईमा सुख्खाग्रस्त क्षेत्रको अवलोकन गर्दैछु’, उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘केहीबेरमा यहाँका किसानहरूसँग भेट हुँदैछ’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘किसानहरूको राहतका लागि सरकारले केहीदिन अघि नै विशेष निर्णय गरेको छ ।’




तस्बिर : प्रधानमन्त्रीको सचिवालय

संगालोखबर 













