
विराटनगर । विराटनगरको लर्डबुद्ध कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । बिहीबार एक कार्यक्रममार्फत दुई सय १५ जना विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजले अभिमुखीकरण गरेको हो ।
जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीलाई जीवन उपयोगी, सीप र संस्कारसहितको शिक्षामा जोड दिनुपर्ने बताए । उनले विद्यार्थीलाई केबल पाठ्यपुस्तकको ज्ञान मात्र नभई व्यवहारिक सीप, सामाजिक उत्तरदायित्व र संस्कारसहितको शिक्षा दिनुपर्ने उल्लेख गरे ।
कलेजका प्राचार्य दिनेश पण्डितले विद्यार्थीमैत्री वातावरणमा अध्यापन हुँदै आएको र विद्यार्थीलाई आत्मविश्वास तथा दक्षतासहितको भविष्य निर्माणमा सहयोग पुर्याउने बताए ।

संगालोखबर 













