सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो । शुक्रबार तोलामा दुई हजार रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने यथावत छ  ...
नेल्टा धनकुटाको अध्यक्षमा पौडेल निर्वाचित

नेल्टा धनकुटाको अध्यक्षमा पौडेल निर्वाचित

धनकुटा । नेपाल अंग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) धनकुटाको अध्यक्षमा हरिप्रसाद पौडेल निर्वाचित भएका छन् । ६० औं शाखा विस्तार कार्यक्रमको अवसरमा नेल्टाको नव निर्मित समिति गठन भएको हो । समितिको उपाध्यक्षमा दीपक निरौला, सचिवमा नरबहादुर विश्वकर्मा, सह-सचिवमा कला काफ्ले, कोषाध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा ध्रुव पौडेल, श्याम सुवेदी, पारस मगर, टिकाराम कार्की, बद्री बजगाईं ...
२०८१ पुष २१ गते आइतबार/आजको राशिफल

२०८१ पुष २१ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ पुष २१ गते आइतबार ई.सं.२०२५ जनवरी ०५ नेपाल सम्वत् ११४५ पोहेलाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल षष्ठी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, व्यतिपात योग, कौलव  करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै ...
प्याब्सन मोरङको अध्यक्षमा बस्नेत निर्वाचित

प्याब्सन मोरङको अध्यक्षमा बस्नेत निर्वाचित

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित भएका छन् । विराटनगरमा शनिवार बिहान सम्पन्न प्याब्सनको १६ औं जिल्ला अधिवेशनबाट बेलबारीका बस्नेत ११० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी उर्लावारीका सुरेन्द्र सुवेदी १७ मतान्तरले पराजित भएका छन् । सुवेदीले ९३ मत ल्याएका छन् । बरिष्ठ उपाध्यक्षमा १०६ मतसहित मोहन बु...
२०८१ पुष २० गते शनिबार/आजको राशिफल

२०८१ पुष २० गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ पुष २० गते शनिबार ई.सं.२०२५ जनवरी ०४ नेपाल सम्वत् ११४५ पोहेलाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल पञ्चमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै ...
विराटनगरको हाटखोलामा शनिवार साँगीतिक कार्यक्रम हुने

विराटनगरको हाटखोलामा शनिवार साँगीतिक कार्यक्रम हुने

विराटनगर । विराटनगरको हाटखोलामा शनिवार साँगीतिक कार्यक्रम हुने भएको छ । अग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर मन्जिना मुभिज क्रिएशन र भाइरल ईभेन्टले कार्यक्रम गर्न लागेका हुन् । साँगीतिक कार्यक्रममा युवा पुस्तामा चर्चित कुमा सागर एण्ड द ख्वाप ब्याण्डको साँगीतिक प्रस्तुती रहनेछ । कुमा सागरको लोक भाकाका गीत तथा भजनहरूसँगै ‘हावाको लहरसँगै, ओ चम्पा, जाने भए जाउ’ लगायत गीतहरू चर्चित छन् । नेवार संस्...
विराटनगरमा तीन जना सवार मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको मृत्यु, ट्रक पल्टियो

विराटनगरमा तीन जना सवार मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको मृत्यु, ट्रक पल्टियो

विराटनगर । विराटनगरको आईसीपी रोडमा आज साँझ तीन जना सवार मोटरसाइकल भारतीय नम्बर प्लेटको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेका दुई जना घाइते भएका छन् । विराटनगर महानगरपालिका-१४ स्थित आईसीपीबाट विराटनगर बजारतर्फ आउँदै गरेको जेएच १५ जे ७१०३ नम्बरको ट्रकमा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४१ प १३२१ नम्बरको मोटरसाइकल साँझ करिब साढे ५ बजे ठोक्किएको हो । दुर्घ...
असक्षम व्यक्ति प्याब्सनको नेतृत्वमा पुग्नु हुँदैन: टिकाराम पुरी

असक्षम व्यक्ति प्याब्सनको नेतृत्वमा पुग्नु हुँदैन: टिकाराम पुरी

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का प्रमुख सल्लाहकार टिकाराम पुरीले सरकारसँग आफ्ना कुरा दमदार रुपमा राख्न सक्ने सक्षम व्यक्तिले प्याब्सनको नेतृत्व गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज प्याब्सन मोरङको १६ औं जिल्ला अधिवेशन उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सल्लाहकार पुरीले आवश्यक परेका बेला आफ्ना कुरा सरकारलाई प्रष्टसँग राख्न नसक्ने व्यक्ति नेतृत्वमा गएर अर्थ नहु...
धनकुटाको डाँडाबजारमा ढुङ्गा उत्खनन गर्दा सडकमाथिबाट खस्यो पहिरो, बस्ती जोखिममा 

धनकुटाको डाँडाबजारमा ढुङ्गा उत्खनन गर्दा सडकमाथिबाट खस्यो पहिरो, बस्ती जोखिममा 

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा मेसिनले ढुङ्गा काट्ने क्रममा पहिरो झरेको छ । बिहीबार बिहानका राती करिब २ बजेतिर खसेको पहिरोले भेडेटार-राजारानी सडकखण्ड अवरुद्ध भएको छ भने सडक मुनीको बस्ती पनि जोखिममा छ । सडक माथिको ढुङ्गा काट्दा थर्किएर पहिरो गएको प्रहरी चौकी डाँडाबजारका बरिष्ठ हबल्दार नारायण कटवालले जानकारी दिए । ‘सवारी साधन वैकल्पिक बाटो हुँदै गन्तव्य तर्फ गइरहेका छन्’, ख...
निःशुल्क उपचार गरेको प्रतिवेदन पेश गर्न निजी अस्पताललाई पत्राचार

निःशुल्क उपचार गरेको प्रतिवेदन पेश गर्न निजी अस्पताललाई पत्राचार

विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरूलाई आग्रह गरेको छ ।  मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग गरेका हुन् ।  स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि...
भेडेटार फुड फेस्टिभलमा डेढ करोडको कारोबार

भेडेटार फुड फेस्टिभलमा डेढ करोडको कारोबार

धनकुटा । धनकुटाको भेडेटारमा सम्पन्न १२ औं फुड फेस्टिभल अर्थात खाना महोत्सवमा डेढ करोडको कारोबार भएको छ । होटल एशोसियसन भेडेटारको आयोजनामा पुस १६ गतेबाट तीन दिनसम्म सञ्चालन भएको फेस्टिभलमा डेढ करोड बराबरको कारोबार भएको हो । दुई करोड आर्थिक कारोबार हुने लक्ष्य राखिए पनि डेढ करोडको कारोबार भएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुलराज लिम्बूले जानकारी दिए । ‘४० देखि ५० हजार आन्तरिक तथा बाह्य पर्यटक...
नोवेल अस्पतालको पार्किङबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

नोवेल अस्पतालको पार्किङबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरीको आरोपमा विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर-४ नोवेल अस्पतालमा पार्किङ गरेर राखिएको मोटरसाइकल लक फुटाएर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-३ का १८ वर्षीय निकपाल यादव र १८ वर्षीय जितेन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार राति ८ बजे को २३ प ६१७६ र प्रदेश १-०२-०४४ प १९ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अव...
सुनको मूल्य तोलामा दुई हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य तोलामा दुई हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार प्रतितोला एक लाख ५१ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलबार एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबा...
२०८१ पुष १९ गते शुक्रबार/आजको राशिफल

२०८१ पुष १९ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ पुष १९ गते शुक्रबार ई.सं.२०२५ जनवरी ०३ नेपाल सम्वत् ११४५ पोहेलाथ्व चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल चतुर्थी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, वज्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै ...
विराट धर्मशालाद्वारा दुई जेहनदार विद्यार्थीलाई छात्रवृत्ति 

विराट धर्मशालाद्वारा दुई जेहनदार विद्यार्थीलाई छात्रवृत्ति 

विराटनगर । विराटनगर-३ स्थित विराट धर्मशाला सङ्ग्रहालय एवं पुस्तकालयले जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसरमा नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो ।  आज आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो ।  कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को प...
बाल कलाकार सचिन परियारको निधन

बाल कलाकार सचिन परियारको निधन

विराटनगर । बाल कलाकार सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । आज बिहान  त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । पुस ६ गते अस्पताल भर्ना भएका परियारको केही दिनदेखि आइसीयुमा राखेर उपचार भइरहेको थियो । सामाजिक सञ्जालबाट चर्चामा आएका उनले गीत गाउनुका साथै विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए । यस्तै विभिन्न हास्य टेली सिरियलमा पनि उनको अभिनय रहेको थियो ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

विराटनगर । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भुकम्प गएको छ । आज दिउँसो माझिटार भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ९ गते दार्...
धनकुटामा मासियो जुनार खेती

धनकुटामा मासियो जुनार खेती

धनकुटा । धनकुटामा व्यवसायिक रूपमा हुँदै आएको जुनार खेती मासिँदै गएको छ । चाइनिज सिटस फ्लाइ कीरा र सुडे पुतलीको प्रकोप बढ्दै गएपछि जुनार खेती मासिँदै गएको हो । जुनार खेतीका लागि सिन्धुली र रामेछापपछि धनकुटा पनि प्रसिद्ध स्थान हो । एक दशक अघिसम्म प्रशस्त पाइने जुनार विभिन्न प्रकोपका कारण मासिँदै गएको धनकुटा-३ कागतेका किसान मीनबहादुर कार्कीले बताए । अहिले जुनारको ठाउँमा अन्य खेती गर्न थालिएको कार्...
विराटनगर विमानस्थलमा हवाई सेवा सुचारु

विराटनगर विमानस्थलमा हवाई सेवा सुचारु

विराटनगर । विराटनगर विमानस्थलमा हवाई सेवा सुचारु भएको छ । प्रतिकूल मौसमका कारण बुधबार एउटा मात्रै जहाजले उडान भरेको भएपनि आजबाट भने हवाई सेवा सुरु भएको हो । विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार केहीबेर अगाडि काठमाडौंबाट दुईवटा जहाज विराटनगर आएका छन् । बुधबार दिउँसो १ बजे यती एयरलाइन्सको विमान काठमाडौं गएको थियो । त्यसपछि कुनै पनि उडान भएका थिएनन् । केहीबेर अगाडि बुद्ध र यती एयरलाइ...
अशक्त तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण

अशक्त तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका तीन सय ६६ जना अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पालिकाले प्रत्येक वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधी वितरण गरेको हो । सूचना अधिकारी जितेन लिम्बूका अनुसार शिविरमा सात जनालाई रातो, ३९ जनालाई निलो, २१ जनालाई पहेँलो र ३४ जनालाई सेतो गरेर एक सय एक जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । ...
आज पनि बढ्यो सुनको मूल्य 

आज पनि बढ्यो सुनको मूल्य 

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला एक लाख ५१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलाम...
धनकुटाको भेडेटारमा फुड फेस्टिभलको रौनक

धनकुटाको भेडेटारमा फुड फेस्टिभलको रौनक

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अहिले फुड फेस्टिभलको रौनक छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हरेक बर्ष झै यो वर्ष पनि आयोजना गरिएको फुड फेस्टिभल अर्थात खाना महोत्सवले भेडेटारको चिसो मौसमलाई तताएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल एशोसिएसन भेडेटारले १२ औं भेडेटार फुड फेस्टिभल आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अन्तिम दिन मङ्गलबार कोशी ...
२०८१ पुष १८ गते बिहीबार/आजको राशिफल

२०८१ पुष १८ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ पुष १८ गते बिहीबार ई.सं.२०२५ जनवरी ०२ नेपाल सम्वत् ११४५ पोहेलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल तृतीया, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, हर्षण योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात...
निर्वाचित भएको महिना दिन नबित्दै विवादमा मुछिए मोरङको ग्रामथानका अध्यक्ष माझी

निर्वाचित भएको महिना दिन नबित्दै विवादमा मुछिए मोरङको ग्रामथानका अध्यक्ष माझी

विराटनगर । गाउँपालिका अध्यक्षमा निर्वाचित भएको एक महिना नबित्दै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी विवादमा मुछिएका छन् । गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका माओवादी नेता माझी अवैध माटो उत्खनन गर्नेलाई संरक्षण गर्न लागिपरेको भन्दै आलोचित भइरहेका छन् । अवैधानिक रुपमा भइरहेको माटो उत्खनन रोक्न प्रहरीलाई पत्र पठाउँदा अध्यक्ष माझीले गाउँपालिकाका प्रमुख प्र...
पथरीको सरस्वती विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

पथरीको सरस्वती विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । अङ्ग्रेजी नयाँ वर्ष र टोपी दिवसको अवसर पारेर दाताहरूको सहयोगबाट प्राप्त ९४ थान न्यानो कपडा वितरण गरिएको हो । सोही वडाका वडाध्यक्ष नैना राईको उपस्थितिमा विद्यार्थीहरूलाई कपडा वितरण गरिएको हो । रविन दाहालले विद्यार्थीहरूलाई कपडा सहयोग गरेकोमा वडाध्यक्ष राईले धन्यवाद दिए । सामुदायिक ...
तेह्रथुमको मझौ गुफा प्रचारका लागि भलिबल प्रतियोगिता

तेह्रथुमको मझौ गुफा प्रचारका लागि भलिबल प्रतियोगिता

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-२ हाङसुरुङमा अवस्थित मझौ गुफा ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेका भएपनि प्रचार-प्रसारको अभावमा गुफा ओझेलमा परेको हो । गुफा जाने स्थानमा खेलमैदान छ । खेलमैदानबाट गुफा जानका लागि सिँढी पनि निर्माण गरिएको छ । तर यसको प्रचार हुन नसक्दा ओझेलमा नै परेको छ । गुफाको प्रचार गर्न स्थानीयले प्रत्येक वर्ष स्थानीय सरकारको सहयोगमा विभिन्न कार्यक्रम गर्दै...
धनकुटाका ७७ प्रतिशत मानिस स्वास्थ्य बीमाको पँहुच बाहिर

धनकुटाका ७७ प्रतिशत मानिस स्वास्थ्य बीमाको पँहुच बाहिर

धनकुटा । धनकुटामा कुल जनसङ्ख्या मध्ये करिब ७७ प्रतिशत मानिस स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बीमा बोर्ड धनकुटाका अनुसार कुल जनसङ्ख्या मध्ये २३ प्रतिशत मानिस मात्रै स्वास्थ्य बीमाको पहुँचमा छन् । एक लाख ५० हजार पाँच सय ९९ जनसङ्ख्या मध्ये ४९ हजार छ सय नौ जना मात्रै स्वास्थ्य बीमाको पहुँचमा छन् । जसमा २३ हजार नौ सय २८ पुरुष र २५ हजार छ सय ८१ जना महिला रहेका स्वास्थ्य बी...
कोशी खेलकुद बोर्डले गर्यो तेह्रथुममा खेलकुद संरचनाको अनुगमन

कोशी खेलकुद बोर्डले गर्यो तेह्रथुममा खेलकुद संरचनाको अनुगमन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्ला स्थित खेलकुद संरचना तथा बोर्ड मातहत कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ ।कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका खेलकुद संरचनाको अभिलेखन तयारीमा लागेको  बोर्डले तेह्रथुम पुगेर अनुगम गरेको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेका फुटबल मैदान र रङ्गशाला, निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समि...
मोरङको बुढीगंगामा यस्तो बन्नेछ प्रदेश बसपार्क 

मोरङको बुढीगंगामा यस्तो बन्नेछ प्रदेश बसपार्क 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ बौरहामा प्रदेश स्तरीय बसपार्क निर्माण हुने भएको छ । १७ बिगाहा ऐलानी जग्गामा निर्माण हुने बसपार्कको डिपिआर सार्वजनिक भएको छ । ‘बुढीखोला किनारमा निर्माण हुने बसपार्कको डिपिआर तयार भएको छ’, बुढीगंगा-२ का वडाध्यक्ष रेवती नारायण चौधरीले संगालोखबरसँग भने, ‘अबको दुई महिना पछि काम सुरु हुने भन्ने कुरा छ ।’ एसियाली विकास बैंकको सहयोगमा बन्न लागेको बसपार्कको प...
मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ

मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका-४ मा लागूऔषध बिक्री भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । ट्रामाडोल र स्पास्मो आठ सय ७७ ट्याब्लेटसहित सोही स्थानका ३१ वर्षीय बिनय सुनुवार, ३४ वर्षीय हरि कृष्ण राई, २६ वर्षीय...
विराटनगरमा स्कारपियो भित्र भेटियो १५५ किलो गाँजा, चालकसहित दुई जना पक्राउ

विराटनगरमा स्कारपियो भित्र भेटियो १५५ किलो गाँजा, चालकसहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटाको सहिदभूमि गाउँपालिका-६ का १९ वर्षीय सुरज राई छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । को १ च ९५८२ नम्बरको स्कारपियो गाडीबाट एक सय ५५ किलो गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्...
error: Content is protected !!