दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-२ पचिरामा शुक्रबार राति दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सुनसरीको गढी गाउँपालिका-२ का १८ वर्षीय नजामुदिन मियाँको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । दुहबीबाट इनरुवातिर जाँदै गरेको को ६ प ५२४१ नम्बरको मोटरसाइकल र इनरुवाबाट दुहबीतिर आउँदै गरेको को ३२ प १...
प्राज्ञिक विद्यार्थी परिषदद्वारा उदयपुरका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषदद्वारा उदयपुरका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

उदयपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले उदयपुरका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा दुई विद्यालयका एक सय १० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । त्रियुगा नगरपालिका-१० को बालमन्दिर माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका-११ को त्रियुगा माध्यमिक विद्यालय गाईघाटका विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको छ । ...
झापामा स्कुल भ्यान दुर्घटना, १९ जना घाइते

झापामा स्कुल भ्यान दुर्घटना, १९ जना घाइते

विराटनगर । झापामा स्कुल भ्यान दुर्घटना हुँदा विद्यार्थी बालबालिकासहित १९ जना घाइते भएका छन् । आज बिहान पारिजात पब्लिक स्कुलको भ्यान मेचीनगर नगरपालिका-९ खुट्टीडाँगीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । मागुरमाडीबाट विद्यार्थी बोकेर पारिजात पब्लिक स्कुलतर्फ जाँदै गरेको मे १ ज ३१०७ नम्बरको भ्यान बिहान १० बजेतिर दुर्घटनामा परेको झापा प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रब...
अनेरास्ववियुले तोक्यो इन्चार्ज, कोशीका जिल्लामा क-कसले पाए जिम्मेवारी ?

अनेरास्ववियुले तोक्यो इन्चार्ज, कोशीका जिल्लामा क-कसले पाए जिम्मेवारी ?

विराटनगर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले जिल्ला इन्चार्ज तोकेको छ । केन्द्रिय समितिले ७७ वटै जिल्लामा इन्चार्ज तोकेको हो । कोशी प्रदेश इन्चार्जको जिम्मेवारी प्रवीन कार्कीले पाएका छन् भने संयोजकमा नारायण पोखरेल, सह-संयोजकमा नवराज घिमिरे र पारश राईलाई जिम्मेवारी तोकिएको छ । जिल्ला इन्चार्जमा निशान राई (भोजपुर), मुना चापागाईँ (धनकुटा), रञ्ज...
धनकुटामा चार हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धनकुटामा चार हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले हालसम्म चार हजार जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । २० हजार चार सय २५ जनाको परिचय पत्र छापिएर आएको भएपनि सेवाग्राही नआउँदा वितरणमा समस्या भएको हो । प्रशासन कार्यालय धनकुटामा गत असार मसान्तसम्म ४२ हजार नागरिकले राष्ट्रिय परिचय पत्रको फारम भरेका थिए । जसमध्ये २० हजार चार सय २५ जनाको मात्रै परिचय पत्र छापिएर आएकोमा चार हजारले मात्रै लगेका छन् । ब...
मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन : माधवकुमार नेपाल

मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन : माधवकुमार नेपाल

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भएको उल्लेख गरे । उनले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकताका लागि नभइ सहकार्यको मात्रै कुरा...
टंकीसिनवारी जेसिजले ‘भिम–अजिता’ वक्तृत्वकला प्रतियोगिता गर्ने

टंकीसिनवारी जेसिजले ‘भिम–अजिता’ वक्तृत्वकला प्रतियोगिता गर्ने

विराटनगर । मोरङको टंकीसिनवारी जेसिजको आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । आगामी भदौ २७ गते विराटनगरमा ‘भिम-अजिता ओराटोरि च्याम्पियनसिप’ हुने भएको हो । प्रतियोगितामा देशभर रहेका एक सय ८४ जेसिज शाखा तथा जुनियर जेसिज शाखाका प्रतिनिधिहरूले प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमबारे टंकीसिनवारी जेसिजले विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । खुला सहभागितामा हुने यस राष्ट्रिय स्तरक...
ओली बिनाको एमाले कल्पना गर्न सकिँदैन : खेलकुद महासङ्घ

ओली बिनाको एमाले कल्पना गर्न सकिँदैन : खेलकुद महासङ्घ

काठमाडौं । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घले केपी शर्मा ओली बिनाको एमाले कल्पना गर्न नसकिने निष्कर्ष निकालेको छ । महासङ्घको नवौँ केन्द्रिय पदाधिकारी बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा पार्टी अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको हो । महासङ्घको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसेको बैठकले समकालीन नेपाली राजनीति एमाले बिना र...
विराटनगरमा ‘अर्गानिक घर’को नयाँ शाखा

विराटनगरमा ‘अर्गानिक घर’को नयाँ शाखा

विराटनगर । विराटनगरमा ‘अर्गानिक घर’को नयाँ शाखा संचालनमा आएको छ । अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित ट्राफिक चोकस्थित रेन्बो गल्लीमा नयाँ शाखा संचालनमा ल्याइएको हो । नयाँ शाखाको उद्‌घाटन विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरला कार्कीले गरेकी थिइन् । पुरानो पसल छेउमा नै नयाँ शाखा विस्तार गरिएको अर्गानिक घरका निर्देशक अभिषेक गौतमले बताए । अर्गानिक घरले स्वदेशी उत्पादनलाई प्...
पाँचथरमा ससुराली पुगेर श्रीमतीको हत्या, आरोपी पक्राउ

पाँचथरमा ससुराली पुगेर श्रीमतीको हत्या, आरोपी पक्राउ

विराटनगर । पाँचथरमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फालेलुङ गाउँपालिका-७ आहाले घर भएका २७ वर्षीय महेन्द्र तामाङले २२ वर्षीया श्रीमती अनु राईको हत्या गरेका हुन् । प्रहरीका अनुसार घटना फिदिम नगरपालिका-१ नाम्दुमा बिहीबार राति करिब १० बजे भएको हो । विवादका क्रममा तामाङले श्रीमतीको टाउकोमा कोदालोको पासोले हानेको खुलेको प्रहरीले जनाएको छ । कोदालोको पासो प्रहारबाट गम्भीर घ...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर दुई हजार दुई सय ३५ रुप...
विराटनगरमा मासु पसल अनुगमन, बाख्राको मासु बरामद

विराटनगरमा मासु पसल अनुगमन, बाख्राको मासु बरामद

विराटनगर । विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमन गरेको छ । मापदण्डविपरीत माछामासु पसल सञ्चालन गरेको व्यापक गुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरको कृषि तथा पशुपक्षी शाखाका संयोजक हिरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछामासु पसलको अनुगमन गरिएको छ । विराटनगर-९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मा...
राधाकृष्ण रथयात्रा : ब्रेकसहितको रथ निर्माण हुँदै, अरु के छ नयाँ ? 

राधाकृष्ण रथयात्रा : ब्रेकसहितको रथ निर्माण हुँदै, अरु के छ नयाँ ? 

विराटनगर । विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा परिचित छ । गतवर्ष जस्तै यसवर्ष पनि धुमधामका साथ रथयात्रा निकाल्ने तयारीलाई तीब्र पारिएको छ । वि.सं. १९८८ मा राधाकृष्ण मन्दिरबाट खटयात्रा सुरु गरिएको भएपनि वि.सं. २०२४ सालदेखि रथयात्रा सुरु गरिएको हो । यसपटक खटयात्राको ९४ औं र रथको ५८ औं संस्करण पूरा हुनेछ । ५८ औं संस्करणको रथयात्रामा रथको आकार फरक ...
धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेपाल निजामती कर्मचारी सङ्गठन धनकुटाले जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ । सहिदहरू मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसर पारेर राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थासँग समन्वय गरी जिल्ला अस्पतालमा रहेका २१ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । नेकपा एमालेका जिल्ला अध्यक्ष शिव आङ्ला, निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सदस्य रामकृष्ण सुवेदी, एमाले उपसच...
सांसद राईको पहलमा धनकुटा अस्पतालमा ल्याइयो ‘आरओ-प्लान्ट’

सांसद राईको पहलमा धनकुटा अस्पतालमा ल्याइयो ‘आरओ-प्लान्ट’

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको पहलमा धनकुटा अस्पतालमा रिभर्स ओस्मोसिस (आरओ) प्लान्ट ल्याइएको छ । डायलाइसिस सेवालाई थप व्यवस्थित बनाउन सांसद राईको पहलमा स्वास्थ्य सेवा विभागबाट आरओ प्लान्ट ल्याइएको हो । २०८० जेठ १२ गते धनकुटा अस्पतालमा पाँच वटा हेमोडायलाइसिस मेसिन ल्याइएर मृगौला रोगीहरूको डायलाइसिस गरिदै आएको छ । मृगौला ‘फेल’ भएपछि बिरामीको रगत सफा गर्न डायलाइसिस ग...
पाँचथरमा बाँदरबाट मकै जोगाउन कर्मचारी नियुक्त

पाँचथरमा बाँदरबाट मकै जोगाउन कर्मचारी नियुक्त

विराटनगर । कृषकहरूले समयमै मलखाद र उन्नत जातको बीउ नपाउने समस्या त छँदैछ । सिँचाइको सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने अर्को बाध्यता छ । त्यतिमात्र होइन, जसोतसो बाली लगाएपनि त्यसलाई जङ्गली जनवारबाट कसरी जोगाउने भन्ने अर्को चिन्ता पनि छ । यसैलाई मध्यनजर गर्दै पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ ले ९ जना बाँदर हेरालु नियुक्त गरेको छ । वडाले मकैको घोगा लाग्न सुरु गरेदेखि भाँच्ने बेलासम...
बालुवाटारमा दुई दलका शीर्ष नेताहरूको बैठक सुरु 

बालुवाटारमा दुई दलका शीर्ष नेताहरूको बैठक सुरु 

काठमाडौं । बालुवाटारमा दुई दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । मन्त्री हेरफेर लगायत सरकारका कामकारबाहीबारे प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसका शीर्ष नेताबीच छलफल सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडे...
झापामा एउटै किसानले फलाउँछन् दैनिक पाँच सय किलो बोडी 

झापामा एउटै किसानले फलाउँछन् दैनिक पाँच सय किलो बोडी 

झापा । झापाको बिर्तामोड नगरपालिका-७ का प्रदीप खनाल यतिबेला कृषि फार्ममा व्यस्त छन् । एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन उनलाई भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक पाँच सय किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी बिर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये ...
उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

उदयपुर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान भएको दुर्घटनामा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट आएको ट्रक इ...
मन्त्री परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री, सत्ता साझेदार दलसँग छलफल गर्ने

मन्त्री परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री, सत्ता साझेदार दलसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिवर्तन गर्न आज सत्ता साझेदार दल नेपाली काँग्रेससँग छलफल गर्दै छन् । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलका शीर्ष नेता सहभागी हुनेछन् । प्रधानमन्त्...
खोटाङमा भीरबाट लडेर महिलाको मृत्यु

खोटाङमा भीरबाट लडेर महिलाको मृत्यु

खोटाङ । खोटाङमा हटिया गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ६२ वर्षीया कौशिला राईको बप्लेभीरबाट लडेर मृत्यु भएको हो । उनी बुधबार बाक्सिलास्थित बुधबारे हटिया गएकी थिइन् । घर नफर्किएपछि खोजतलासको क्रममा राति करिब १ बजे भीरबाट करिब सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलामा ? 

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलामा ? 

विराटनगर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर दुई हजार दुई सय ७० रुपैयाँमा...
हत्या आरोपी आमा निर्दोष ठहरिएपछि…

हत्या आरोपी आमा निर्दोष ठहरिएपछि…

विराटनगर । नवजात शिशुको हत्या आरोपमा गोग्राहा अदालतमा मुद्दाको बहस भइरहेको हुन्छ । जहाँ सरकारी वकिलहरूले नवजात शिशुकी आमाले परपुरुषसँगको अवैध सम्बन्धबाट जन्मेको बच्चा भनेर जन्मनासाथ हत्या गरेको दलिल र सक्दो प्रमाण पेश गरिरहेका हुन्छन् । पालो आउनासाथ प्रतिवादी अर्थात आरोपी महिलाका पक्षधर वकिलहरूले आफ्ना प्रमाण पेश गर्दै आरोपित महिला निर्दोष रहेको दाबी गर्छन् । उनीहरूको दाबीमा न्यायाधीशहरूले बेला...
डिजिटल साक्षरता आजको आवश्यकता

डिजिटल साक्षरता आजको आवश्यकता

२१ औँ शताब्दी सूचना प्रविधिको युग हो । विज्ञान र प्रविधिमा आएको तीव्र परिवर्तनले मानव जीवनको हरेक पाटोमा आमूल परिवर्तन ल्याएको छ । आजको दिनमा संसारको कुनै पनि कुनामा बसेर सूचना आदान-प्रदान गर्न, शिक्षा लिन, व्यापार गर्न, सरकारसँग सेवा लिन वा मनोरञ्जन प्राप्त गर्न डिजिटल प्रविधिको प्रयोग अनिवार्य जस्तै भएको छ । यस सन्दर्भमा, डिजिटल साक्षरता अर्थात कम्प्युटर, मोबाइल, इन्टरनेट तथा अन्य प्रविधिको स...
‘आठ वर्षअघि क्याम्पसलाई जग्गा दिए, अहिलेसम्म पाएनन् मुआब्जा’

‘आठ वर्षअघि क्याम्पसलाई जग्गा दिए, अहिलेसम्म पाएनन् मुआब्जा’

धनकुटा । कृषि क्याम्पस संचालनका लागि आठ वर्षअघि जग्गा दिए पनि अहिलेसम्म मुआब्जा नपाएको स्थानीयले बताएका छन् । उनीहरूले सरकारी उदासीनताका कारण अहिलेसम्म मुआब्जा नपाएको बताएका हुन् । धनकुटाको पाख्रीबास नगरपालिका-३ मा वि.सं. २०७४ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस स्थापना भएको हो । भवन निर्माणका लागि करिब एक सय रोपनी बढी जग्गा आवश्यक पर्ने हुँदा स्थानीयले मुआब्जा पाउने ...
७ बुँदे सहमति अनुसार सरकार सञ्चालन भएन : डा. शेखर कोइराला

७ बुँदे सहमति अनुसार सरकार सञ्चालन भएन : डा. शेखर कोइराला

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले ७ बुँदे सहमति अनुसार सरकार सञ्चालन नगरेको आरोप लगाएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले एक वर्षको अवधिमा एउटा बुँदा पनि अघि बढ्न नसकेको उल्लेख गरे । उनले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम पनि गर्न नसकेको दाबी गरे । अहिले संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराइसकेको...
कोशीका पाँचसहित ३३ जिल्लामा बाढीको मध्यम जोखिम

कोशीका पाँचसहित ३३ जिल्लामा बाढीको मध्यम जोखिम

विराटनगर । आज कोशीका पाँचसहित ३३ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर र ओखलढुङ्गासहित ३३ जिल्लामा बाढीको मध्यम जोखिम रहेको हो । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज रसुवा, नुवाकोट र धादिङसहित रामेछाप, दोलखा, सिन्धुपाञ्चोक, रुकुम पश्चिम, बझाङ, अछाम, डोटी, ...
विपद्का घटनाबाट चार महिनामा ११२ जनाको मृत्यु, २० जना बेपत्ता 

विपद्का घटनाबाट चार महिनामा ११२ जनाको मृत्यु, २० जना बेपत्ता 

विराटनगर । विपद्का घटनामा परेर चार महिनाको अवधिमा एक सय १२ जनाले ज्यान गुमाएका छन् । गत वैशाखदेखि हालसम्म विभिन्न विपद्का घटनामा परेर पाँच सय ३४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा बढी चट्याङबाट २८ जनाले ज्यान गुमाएका छन् । चट्याङका दुई सय ४३ घटना हुँदा एक सय ६९ जना घाइते भएका छन् भने दुई सय ८३ परिवार प्रभावित भएका छ...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर दुई हजार तीन सय १० रुप...
हरिराज खेवा स्मृति दिवसमा ९ जना सम्मानित

हरिराज खेवा स्मृति दिवसमा ९ जना सम्मानित

धनकुटा । हरिराज खेवा स्मृति दिवसमा जग्गादातासहित ९ जनालाई सम्मान गरिएको छ । मंगलबार ९ औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको हो । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा-६ स्थित निर्माणाधीन स्मृति पार्कलाई जग्गा उपलब्ध गराउने धनबहादुर लिम्बु र खोजबहादुर राईलाई सम्मान गरिएको छ । यसैगरी वडा नम्बर ६ का १०९ वर्षीय ज्येष्ठ नागरिक अन्नपूर्ण गुरुङ र ८९ वर्षीय ...
विराटनगरको सिङ्घिया आरती स्थलमा शिवको मूर्ति शिलान्यास (फोटो फिचर)

विराटनगरको सिङ्घिया आरती स्थलमा शिवको मूर्ति शिलान्यास (फोटो फिचर)

विराटनगर । विराटनगर-१ परोपकार घाटस्थित परमार्थ सिंघिया आरती स्थलमा शिवको मूर्ति निर्माणका लागि आज शिलान्यास गरिएको छ । आरती सुरुवातको दोस्रो वर्ष प्रवेशको अवसर पारेर मूर्तिको शिलान्यास गरिएको हो । आरती स्थलमा साँझ आयोजित कार्यक्रममा प्रथम महिला शङ्कराचार्य महामण्डलेश्वर हेमानन्द गिरी, कोशी प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरका मेयर नागेश कोइराला लगायतले संयुक्त रुपमा मुर्ति श...
error: Content is protected !!