
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । आज युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।
वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका अख्तियार प्रमुख राईलाई आवश्यक छानबिन गरेर कारबाही गरी पाऊँ भन्दै सफलले उजुरी दर्ता गराएका छन् ।
अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ केही दिन अघि सार्वजनिक भएको थियो । उक्त फैसला सार्वजनिक हुँदा विशेष अदालतले अख्तियार प्रमुख प्रेम राईकै भूमिकामाथि प्रश्न उठाएको थियो ।

संगालोखबर 













