
विराटनगर । विराटनगर महानगरपालिका-६ स्थित धुधुवा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा डुब्दा स्थानीय दीपक पासवानकी ४ वर्षीया छोरी आरुषी पासवानको मृत्यु भएको हो ।
घर नजिकै रहेको खोलामा खेल्ने क्रममा आइतबार अपरान्ह करिब ४ बजे डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा डुविरहेको अवस्थामा आफन्तले भेटेर उनलाई उपचारका लागि गोल्डेन अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

संगालोखबर 













