
विराटनगर । अविरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ स्थानका सडक पूर्णरूपमा अवरोध भएका छन् । केही स्थानका सडक भने एकतर्फी सुचारु छन् ।
आज बिहान १० बजे नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार सङ्खुवासभामा कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । त्यस्तै रसुवामा नेपाल र चीन नाका जोड्ने पुल तथा सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्णरूपमा अवरोध छ ।
लम्जुङमा बेसिसहर-मनाङ सडक खण्ड पहिरोका कारण अवरुद्ध छ । गुल्मीको रुद्रवेणी वामी सडक खण्ड र रिडी-वामी सडक खण्ड पूर्णरूपमा अवरुद्ध छ ।
रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण अवरुद्ध छ भने बैतडीको दशरथ चन्द राजमार्ग पनि अवरुद्ध छ ।

संगालोखबर 













