
विराटनगर । अमेरिकामा गाडीले ठक्कर दिँदा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ का २० वर्षीय ओपेन्द्र बोहरा छन् ।
टेक्सासको राजधानी अस्टिनमा गाडीले ठक्कर दिँदा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
उनका साथीहरूले दिएको जानकारी अनुसार शनिबार राति गाडीले ठक्कर दिएर घाइते भएका उनको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । उनले हालसालै ग्रीन कार्ड पनि पाएका थिए ।

संगालोखबर 













