संगालोखबर


काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ६ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा ती निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले कम्पनी र आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । वीरगञ्जको जीबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

त्यस्तै धनुषाको एस.डी कन्स्ट्रक्सन, काठमाडौंको शर्मा धुलिखेल जेभी, जाजरकोटको भेरी नदी निर्माण सेवा एन्ड प्रनव सप्लायर्स, काठमाण्डौकै डल्लुको आकाश कन्स्ट्रक्सन र पाल्पाको विपिन कन्स्ट्रक्सनलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागिता जनाउन पाउने छैनन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!