भोजपुरमा ट्याक्टरबाट ८२६ किलो गाँजा बरामद, धनकुटाका ५ सहित ९ जना पक्राउ
भोजपुर । भोजपुरको हतुवागढी गाँउपालिका-९ मचुवाबाट गाँजासहित ९ जना पक्राउ परेका छन् । बिहीबार धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरमा गाँजा फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरको आमचोक-९ का रुद्र बहादुर श्रेष्ठ, निशान मगर र नीर बहादुर श्रेष्ठ छन् । यस्तै धनकुटाको सहिदभूमि-२ का सुदीप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिस...






























