संगालोखबर


विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा जारी स्पोर्ट्स मिट अन्तरगत क्रिकेटमा अर्किड र अरनिको कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जुट मिलको मैदानमा भएको पहिलो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई १ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङको गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सबै विकेट गुमाई ७८ रनको झिनो योगफल तयार पारेको थियो ।

ग्रिनल्याण्डका महमद मोजाहिदले सर्वाधिक १९ रनको योगदान दिए । अर्किडका प्लेयर अफ म्याच नन्दु मुखियाले ३ विकेट लिँदा कृष्ण यादवले पनि ३ विकेट लिए ।

जवाफमा ७९ रनको झिना लक्ष्य पाएको अर्किडले  संघर्षपूर्ण १ विकेटको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अर्किडले १३ दशमलव ४ बलमा लक्ष्य भेट्टाएको थियो । अर्किडका नन्दु यादवले सर्वाधिक २८ रनको योगदान दिए । ग्रिनल्याण्डका फैजल अन्सारीले ३ विकेट लिँदा  सन्तोष मुखियाले ३ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले विराट क्याम्पसलाई १ सय ९ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको । टस जितेर ब्याटिङको गरेको अरनिको कलेजले निर्धारित २० ओभरको खेलमा १६ दशमलव २ बलमा सबै विकेट गुमाई १ सय ५७ रनको विशाल योगफल तयार पारेको थियो ।

अरनिकोका प्लेयर अफ द म्याच अभिषेक मण्डलले सर्वाधिक ३३ रनको योगदान दिए । विराट क्याम्पसका हरेराम साहले सर्वाधिक ३ विकेट लिए । जवाफमा १ सय ५७ रनको लक्ष्य पाएको विराट क्याम्पसले १५ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ४८ रनमा सीमित भयो । विराटका चन्द्र शर्माले सर्वाधिक १० रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा अभिषेक मण्डलले २ विकेट लिए ।

फुटबलमा भानु, शिक्षा सन्देश, बुद्ध र मेरिल्याण्ड विजयी

यस्तै फुटबलमा भानु, शिक्षा सन्देश, बुद्ध र मेरिल्याण्ड कलेज विजयी भएका छन् । पहिलो खेलमा भानु कलेजले ग्रिनल्याण्ड कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा शिक्षा सन्देश कलेजले शिक्षादीप कलेजलाई २–१ को गोल अन्तरले पराजित गरि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा बुद्ध कलेजले विराट क्याम्पसलाई ५–० को गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यस्तै चौथो खेलमा मेरिल्याण्ड कलेजले मोडर्न एरा कलेजलाई २–१ को गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बास्केट बलमा शिक्षादीप र विकेभिएम

यस्तै आजै भएको बास्केट बल खेलमा शिक्षादीप र विकेभिएम कलेज फाइनलमा प्रवेश गरेका छन् । शिक्षादीप कलेज कोवास कलेजलाई ४३–११ को स्काेरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विकेभिएम कलेज अरनिको कलेजलाई ४५–२५ को स्काेरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!