
भोजपुर । भोजपुरको हतुवागढी गाँउपालिका-९ मचुवाबाट गाँजासहित ९ जना पक्राउ परेका छन् । बिहीबार धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरमा गाँजा फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरको आमचोक-९ का रुद्र बहादुर श्रेष्ठ, निशान मगर र नीर बहादुर श्रेष्ठ छन् । यस्तै धनकुटाको सहिदभूमि-२ का सुदीप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिसुन्के, दीप कुमार बिसुन्के र ताप्लेजुङको मिरिङ्देन-६ का लाक्पा शेर्पा छन् ।
ट्याक्टरबाट ४३ बोरा गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको गाँजाको तौल ८२६ किलो ६६० ग्राम छ । उनीहरूका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

संगालोखबर 













