
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला नौ हजार पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुन प्रतितोला तीन लाख नौ हजार र आइतबार तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला चार सय ३० रुपैयाँ बढेर सात हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला छ हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी प्रतितोला छ हजार सात सय ६५ रुपैयाँ र आइतबार छ हजार चार सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













