संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले आगामी प्रदेश सभाको अधिवेशनबाट प्रदेश आमसञ्चार विधेयक अघि बढाउने तयारी गरेको छ । प्रदेश सभाको अघिल्लो अधिवेशनबाटै पारित गर्न खोजिएको उक्त विधेयकका केही व्यवस्थाप्रति पत्रकारहरूले विरोध जनाएपछि रोकिएको विधेयक पुनः अघि बढाउने तयारी थालिएको हो  ।

कोशी प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सभाको आगामी हिउँदे अधिवेशनमा आमसञ्चारसम्बन्धी विधेयक पारित गरिने बताएका हुन् ।

मंगलबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा सञ्चारकर्मीहरूसँग भएको छलफलमा मन्त्री पराजुलीले सरकारले पत्रकारहरूले उठाएका असहमतिका विषयमा छलफल गर्न तयार रहेको बताए ।

यसअघि नेपाल पत्रकार महासंघसहितका सरोकारवाला संस्थाहरूले विधेयक संविधानको मर्म र भावना विपरीत हुनुका साथै स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने अभिप्रायले आएको ठहर गरी आन्दोलनमै उत्रिएका थिए ।

अन्तरक्रियामा बोल्दै मन्त्री पराजुलीले सञ्चार क्षेत्र व्यवस्थित, सुरक्षित र मर्यादित हुनुपर्ने बताए । उनले पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको र संघीय शासन प्रणाली, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न समेत भूमिका निर्वाह गर्ने बताए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले कोशी प्रदेशका विभिन्न जिल्लाको स्थलगत अन्तरक्रियापछि प्राप्त भएका सुझावहरूबारे मन्त्री पराजुलीलाई ध्यानाकर्षण गराएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!