
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई गाडी सहयोग गरेको छ । भारत सरकारले नेपाललाई चुनावका लागि ६१ वटा गाडी उपहार दिएको हो ।
माघ ६ गते भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको थियो । अहिले ती गाडीलाई सिंहदरबारस्थित गृह मन्त्रालय अगाडि राखिएको छ ।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायता अन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । उक्त प्रस्ताव अन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो ।
यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ । गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ ।

संगालोखबर 













