संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङको रंगेलीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली-२ का ४५ वर्षीय सहमद हुसेन छन् । उनलाई मंगलबार राति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल किन्दा र उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा उनले १/१ हजार दरका नोट दिएका थिए । नोट शंकास्पद लागेपछि दुबै जनाले प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । सोधपुछका क्रममा उनले घरमा पनि नक्कली नोट रहेको बताएका थिए । त्यसपछि राति ८ बजे उनको घरमा पुगेको प्रहरी टोलीले उनले चलाउँदै आएको प्रदेश १-०१-००४ ह ०६३७ नम्बरको सीटी सफारीको सिट भित्रबाट १ हजार दरका २ वटा नक्कली नोट फेला परेको छ ।

उनको साथबाट पनि थप एउटा नक्कली नोट फेला परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सबै गरेर ५ वटा नक्कली नोट बरामद भएको छ । उनलाई इलाका प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनले नक्कली नोट कहाँबाट ल्याए भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!