संगालोखबर
फाइल तस्बिर

विराटनगर । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार गएरातिदेखि सुदूरपश्चिम क्षेत्रबाट न्यून चापीय प्रणाली सक्रिय भएको र यसको प्रभाव आज बेलुकादेखि पूर्वतर्फ सर्नेछ ।

भोलि काठमाडौं उपत्यकासहित मधेश र कोशीमा पनि हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराई भागमा भने सामान्य मात्रै प्रभाव रहने महाशाखाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!