संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ २५ गतेबाट बस्नेगरि आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने तय भएको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

देवकोटा चोकमा रहेको प्रदेश सभा भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रदेशसभा सचिवालय कटहरीस्थित कृषि बजारमा सारिएको छ । तर संरचना निर्माण नभएका कारण वीरेन्द्र सभागृहमा प्रदेश सभा बैठक बस्ने निश्चित भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!