संगालोखबर
फाइल तस्बिर

विराटनगर । जेनजी आन्दोलनपछि पहिलो पटक कोशी प्रदेश सभाको बैठक आह्वान गर्ने तयारी थालिएको छ । प्रदेशसभालाई अस्थायी रूपमा मोरङको कटहरी गाउँपालिका-१ स्थित फलफूल तथा कृषि थोक बजारमा सारिएपनि प्रदेश सभा बैठक विराटनगरको वीरेन्द्र सभागृहमा राख्ने तयारी गरिएको हो ।

देवकोटा चोकमा रहेको प्रदेशसभा भवनमा आगजनी गरिएपछि प्रदेशको संसद बैठक बस्न सकेको छैन । कृषि थोक बजारमै अस्थायी कार्यस्थल बनाएर प्रदेश सभा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको भनाइ छ ।

पराजुलीका अनुसार प्रदेशसभाको बैठक भने विराटनगरस्थित वीरेन्द्र सभागृहमा बसाउने तयारी भइरहेको छ । उनले हिउँदे अधिवेशन आह्वान भएपछि अस्थायीरूपमा वीरेन्द्र सभागृहमा नै बैठक बस्ने बताए ।

उनका अनुसार माघ २० देखि २५ गतेभित्रमा अधिवेशन आह्वान हुन्छ । कृषि बजारमा कात्तिक २६ गते प्रदेश सभा सचिवालय सारिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!