विराटनगरमा किशोरीहरुलाई खुवाउँन थालियो आइरन चक्की
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई रक्तअल्पताको समस्याबाट बचाउन आइरन चक्की (फोलिक एसिड) खुवाउन थालिएको छ । महानगरले गत माघ १६ गतेदेखि १० देखि १९ बर्ष उमेर समूहका किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु गरेको हो ।
किशोरीहरुमा हुने शारिरीक तथा मानसिक विकास र रक्तअल्पताको समस्यालाई नियन्त्रण गर्न महानगरले चक्की खुवाउन थालेको हो । महानगरक्षेत्रभित्रका ...





























