संगालोखबर सम्वाददाता


धनकुटा । तोकिएको समय भन्दा अगाडि नै निर्माण सम्पन्न गर्ने तीन निर्माण व्यवसायीलाई मंगलबार धनकुटामा सम्मान गरिएको छ । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १५ औं वार्षिक साधारणसभाका अवसरमा संघले प्रोत्साहनस्वरुप निर्माण व्यवसायीलाई सम्मान गरेको हो ।

सारा सृष्ट्रि निर्माण सेवाका सन्तवहादुर राई, सगरमाथा जेवी सुदिक्क्षा थुलुङ कन्ट्रक्सनका प्रकाश थुलुङ र वाईपी निर्माण सेवाका महेन्द्र निरौला सम्मानित भएका हुन् । दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी उनीहरुलाई सम्मानित गरिएको हो । उनीहरुले एक/एक वटा स्वास्थ्य चौकी, सामुदायिक भवन र पार्क तोकिएको समय भन्दा अगाडि नै निर्माण गरेका थिए ।

Advertisement

निर्माण व्यवसायीको लापरबाहीका कारण धेरै ठाउँमा निर्माणको काम समयमै नसकिने गरेको आरोप लाग्ने गरेका बेला उनीहरुले तोकिएको समय भन्दा अगाडि नै काम सक्दा सम्मान पाएका हुन् । तोकिएको समय भन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर निर्माण व्यवसायीको शिर उच्च बनाएकाले प्रोत्साहनस्वरुप सम्मानित गरिएको निर्माण व्यवसायी संघका अध्यक्ष अर्जुन केसीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!