काठमाडौं । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बिहान ११ बजे ओली र नेपालबीच भेटवार्ता हुँन लागेको एमाले स्रोतले जनाएको छ ।
पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ओली र नेपालबीच भेटवार्ता भएको छैन । संसद विघटनपछि तत्कालिन नेकपाको दाहाल–नेपाल समूहमा ओलीविरुद्ध सडक अन्दोलनमा उत्रिएको थियो । आपसी असमझदारीका कारण दुवै नेता एक अर्कालाई आरोप प्रत्यारोप गर्दै आएका छन् ।
उनीहरुबीचको आपसी तिक्तताका कारण नेकपामा भाडभैलो मच्चिएको थियो भने अहिले एमाले पनि फुटको संघारमा पुगेको छ । एकले अर्कालाई सार्वजनिक रुपमै गालीगलौजमा उत्रिएका दुई नेताबीच हुँन लागेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।