महालक्ष्मीको छैठौं नगर सभा सम्पन्न

महालक्ष्मीको छैठौं नगर सभा सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको छैठौं नगर सभा सम्पन्न भएको छ । फागुन १७ गतेबाट सुरु भएको नगर सभा १३ दिनपछि शनिवार सम्पन्न भएको हो । नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा बसेको नगर सभाले महालक्ष्मी नगरपालिकाको कर्मचारी समायोजन मिलन विधेयक–२०७७ पारित गरेको छ । त्यस्तै वडाबाट बजेट रकमान्तर गर्न आएको प्रस्ताव पनि नगरसभाले पास गरेको प्रवक्ता रामबहादुर खड्काले जानकारी दिए । नगर सभाको पहिल...
२०७७ चैत्र २ गते सोमबारको राशिफल

२०७७ चैत्र २ गते सोमबारको राशिफल

बि.सं.२०७७ साल चैत्र २ गते सोमबार ई. सं. २०२१ मार्च १५ नेपाल सम्बत ११४१ पोहेलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल द्धितीया, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शुक्ल योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः१३ बजे, सूर्यास्त साँझ ६ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर एनामा हेर...
केएमसीको शिविरबाट गोदावारीका ७ सय बिरामीको निःशुल्क उपचार

केएमसीको शिविरबाट गोदावारीका ७ सय बिरामीको निःशुल्क उपचार

काठमाडौं । काठमाडौं मेडिकल कलेजले आइतवार ललितपुरको गोदावारी नगरपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७५३ बिरामीले निःशुल्क उपचार पाएका छन् । बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिएको केएमसीले गोदावारी–९ स्थित गणेश आधारभूत विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १९८ जनाको ल्याव टेष्ट, १४३ जनाको भिडियो एक्सरे र ८७ जनाको इसीजी गरिएको क...
कुमारी बैंक र मेरिना ईम्पेक्सबीच सम्झौता

कुमारी बैंक र मेरिना ईम्पेक्सबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र मेरिना ईम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाई सम्बन्धि सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापछि मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाल लगायत विभिन्न शाखाहरुबाट सर्टिङ्ग, सुटिङ्ग लगायत सम्पूर्ण सिलाई सम्बन्धि सेवाहरुमा बैंकको डेबिट/क्रेडिट कार्डवाट भुक्तानी गरेमा कार्डव...
महालक्ष्मी नगरपालिकाले मनायो चौथो बार्षिकोत्सव

महालक्ष्मी नगरपालिकाले मनायो चौथो बार्षिकोत्सव

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बिभिन्न कार्यक्रम गरेर आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, जग्गा दाताहरुलाई सम्मान र विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण गरिएको हो । हाजिरी जवाफ प्रतियोगितामा जनता मावि जितपुर प्रथम, नविन शिक्षा सदन डाँडागाउँ दोस्रो र सरस्वती मावि कटहरे तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुँने विद्यालयले क्र...
भोजपुरमा मिलको फित्तामा सल बेरिएर घँटेसी लाग्दा बृद्धाको मृत्यु

भोजपुरमा मिलको फित्तामा सल बेरिएर घँटेसी लाग्दा बृद्धाको मृत्यु

भोजपुर । भोजपुरमा मिलको फित्तामा सल बेरिएर घँटेसी लाग्दा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भोजपुर रामप्रसादराई गाउँपालिका–१ ओख्रेकी ७६ बर्षीया कुमारी बानियाँ छन् । शनिवार बेलुका करिब ५ बजे घटना भएको हो । स्थानीय योगेन्द्र राईले सञ्चालन गरेको धान कुट्ने मिलको फित्तामा बृद्धा बानियाँले लगाएको सल बेरिदाँ घाँटीमा घँटेसी लागेको हो । घुमिरहेको मिलको फित्तामा सर बेरिएर घँटेसी लाग्दा उनी गंम्भ...
पालिकाले आफूखुसी निमित्त तोके कारोबार रद्द

पालिकाले आफूखुसी निमित्त तोके कारोबार रद्द

काठमाडौं । कनिष्ठ कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर आफूअनुकूल काम गराउने पालिकाहरूको आर्थिक तथा प्रशासनिक काम रद्द गरिने भएको छ । कतिपय पालिकाले संघ सरकारले खटाएका प्रशासकीय अधिकृतलाई हाजिर नगराई कनिष्ठबाट काम गराउने र आफूखुसी निमित्त तोक्ने क्रम नरोकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ बुँदे मापदण्ड बनाएर लागू गरेको हो । मन्त्रालयले शुक्रबारै सबै पालिकामा परि...
नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस

नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस

काठमाडौं । नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको छ । उसले उचित वातावरण बनेमा आफू नेतृत्व लिन तयार रहनेसमेत स्पष्ट पारेको छ । तर, कांग्रेसले भरपर्दो वातावरणको सुनिश्चितता भइसकेको बताएको छ । कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट भरपर्दो विश्वासको वातावरण खोजिरह...
एमाले ब्यूतिँदा धनकुटामा खुशीयाली: पञ्चेवाजा बजाएर नाचगान, सात वटै पालिकामा राखियो बोर्ड

एमाले ब्यूतिँदा धनकुटामा खुशीयाली: पञ्चेवाजा बजाएर नाचगान, सात वटै पालिकामा राखियो बोर्ड

धनकुटा । सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई व्यूँताएपछि धनकुटामा एमाले नेता कार्यकर्ताले खुशीयाली मनाएका छन् । स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लिन स्वीप’ गरेको पाख्रीवासमा एमाले नेता कार्यकर्ताले शनिवार पञ्चेवाजा बगाएर नाचगान गर्दै पार्टीको बार्ड राखेका छन् । शुक्रबार जिल्ला पार्टी कार्यालय र धनकुटा नगर कमिटीको कार्यालयमा बोर्ड राखेको एमालेले शनिवार जिल्लाक...
२०७७ चैत्र १ गते आइतबारको राशिफल

२०७७ चैत्र १ गते आइतबारको राशिफल

बि.सं.२०७७ साल चैत्र १ गते आइतबार ई. सं. २०२१ मार्च १४ नेपाल सम्बत ११४१ पोहेलागा प्रतिपदा, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण कृष्ण प्रतिपदा, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शुभ योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको य...
महेन्द्र मोरङ क्याम्पसमा प्रश्नपत्र गायव भएको विषयलाई ढाकछोप प्रयास

महेन्द्र मोरङ क्याम्पसमा प्रश्नपत्र गायव भएको विषयलाई ढाकछोप प्रयास

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा परीक्षा हुनु अगावै परीक्षा शाखाबाट प्रश्नपत्रको बण्डल गायब भएको बिषयलाई क्याम्पस प्रशासनले ढाकछोप प्रयास गरेको छ । गत फागुन २१ गते क्याम्पसको परीक्षा शाखाबाटा माइक्रो बायोलोजी तेश्रो वर्षको वार्षिक परीक्षाको प्रश्नपत्र गायब भएको थियो । फागुन २३ हुने परीक्षाको प्रश्नपत्र २ दिन अगावै गायब भएको हो । परीक्षा भईसकेपछि मात्र विभिन्न सञ्चारमाध्यममार्फत...
उद्योग संगठन मोरङको अध्यक्षमा प्याकुरेल निर्वाचित

उद्योग संगठन मोरङको अध्यक्षमा प्याकुरेल निर्वाचित

विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा सुयश प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न संगठनको ४८ औं साधारणसभाले प्याकुरेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार मुरारका निर्वाचित भएका छन् । वित्तिय क्षेत्रतर्फको उपाध्यक्षमा राजकुमार गोल्छा, कृषि जलश्रोत उर्जा तर्फको उपाध्यक्षमा नन्दकिशोर राठी र रोजगारदातातर्फको उपाध्यक्षमा भोलेश्वर दुलाल न...
मोरङको सलकपुरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको सलकपुरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ब्राइट फ्यूचर स्कूलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ७४८ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ३२० जनाको ल्याव टेष्ट, २१३ जनाको भिडियो एक्सरे र ४७ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका सिनियर मार्केटिङ म्यानेजर भगत शाहले जानकारी दिए । उनका अनुस...
ताप्लेजुङका आगलागीपीडितलाई कांग्रेसको राहत

ताप्लेजुङका आगलागीपीडितलाई कांग्रेसको राहत

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण गरेको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा प्रदेश सांसद प्रतापप्रकाश हाङगामा, चन्द्रप्रसाद श्रेष्ठ लगायत संसदीय टोली आगलागी प्रभावित क्षेत्र पुगेर पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा प्रदान गरेको हो । प्रमुख सचेतक कार्कीका अनु...
‘उद्योग, व्यवसायको विकासका लागि बैंकिङ क्षेत्रले सक्दो सहयोग गर्छ’

‘उद्योग, व्यवसायको विकासका लागि बैंकिङ क्षेत्रले सक्दो सहयोग गर्छ’

विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योग, व्यवसायको विकासका लागि बैंकिङ क्षेत्रले सक्दो सहयोग गर्ने बताएका छन् । उद्योग संगठन मोरङको ४८ औं साधारणसभा उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उद्योग, व्यवसायलाई अहिले पनि बैंकिङ क्षेत्रले सक्दो सहयोग गरिरहेको उनले बताए । ‘बैंकिङ सेक्टरले धेरै सघाइरहेको छ, उद्योग क्षेत्रले १३ अर्ब रुपैयाँ ब्याज...
बृद्धभत्ता चाँडै ४ हजार पुर्याउँने प्रधानमन्त्री ओलीको घोषणा

बृद्धभत्ता चाँडै ४ हजार पुर्याउँने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाएर चाँडै ४ हजार पुर्याउँने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् । ‘०५१ सालमा १ सय रुपैयाँबाट सुरु भएको बृद्धभत्ता ३ हजार पुर्याएका छौ,’ प्रधानमन्त्री ओलीले भने,‘बृद्धभत्ता ५ हजार पुर्याउँने हाम्रो उद्धेश्य छ । ४ हज...
झापाको कमल र बाह्रदशीमा दुर्घटना, दुई जनाको मृत्यु

झापाको कमल र बाह्रदशीमा दुर्घटना, दुई जनाको मृत्यु

झापा । झापाको कमल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा शनिवार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–१ बालुबारीमा बिहान १० बजे ना १ त ६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे ३ प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक शिवसाताक्षी नगरपालिका–४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको छ । ट्रिपर र चालक सोही स्थानका चित्र कार्कीलाई...
एमालेको माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेला गर्ने, आफु निकटका नेतालाई तोकियो जिम्मेवारी

एमालेको माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेला गर्ने, आफु निकटका नेतालाई तोकियो जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले चैत ४ गते राष्ट्रिय भेला गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षका नेताहरुको जिम्मेवारी खोसेपछि शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । सो भेलाबाट आगामी कार्यदिशाबारे निर्णय लिइने बताइएको छ । सो समूहको भेलाले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्न आफु नि...
खोटाङमा भीरबाट लडेर एक जनाको मृत्यु

खोटाङमा भीरबाट लडेर एक जनाको मृत्यु

खोटाङ । खोटाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी मापाचुलीका ५६ बर्षीय राम बहादुर कार्की छन् । शुक्रबार बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाएर निभाउँने क्रममा भीरबाट लड्दा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पत्रकार झा र न्यौपाने पुरस्कृत

पत्रकार झा र न्यौपाने पुरस्कृत

विराटनगर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपाने पुरस्कृत भएका छन् । पत्रकार झालाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार र न्यौपानेलाई षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । सूचना अधिकारको क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार एक कार्यक्रमकाबीच झालाई नगद ५...
झापाबाट काठमाडौँ जाँदै गरेको बस ट्रकसँग जुध्दा तीन जनाको मृत्यु

झापाबाट काठमाडौँ जाँदै गरेको बस ट्रकसँग जुध्दा तीन जनाको मृत्यु

काठमाडौं । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार ब...
देउवालाई अग्रसर हुन पार्टीको सहमति

देउवालाई अग्रसर हुन पार्टीको सहमति

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको हो। ‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ। ओली सरकारलाई हटाएर नयाँ सरकार गठन हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो’, पदाधिकारी बैठकपछि काठम...
बजेट निर्माणमा जुट्यो सरकार

बजेट निर्माणमा जुट्यो सरकार

काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०७८-७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो । अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विभिन्न विषयवस्तुका सम्बन्धमा...
२०७७ फागुन २९ गते शनिवारको राशिफल

२०७७ फागुन २९ गते शनिवारको राशिफल

बि.सं.२०७७ साल फागुन २९ गते शनिवार ई. सं. २०२१ मार्च १३ नेपाल सम्बत ११४१ पोहेलागा औँशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण कृष्ण औँशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, साध्य योग, नाग करण । नेपालमा सूर्योदय बिहान ०६ः१५ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै द...
धनकुटामा विद्युत सर्ट भएर घरमा आगो लाग्दा १० लाखको क्षति

धनकुटामा विद्युत सर्ट भएर घरमा आगो लाग्दा १० लाखको क्षति

धनकुटा । धनकुटा नगरपालिका वडा नं.४ भोटेचौताराका राजकुमार दिक्पालको घरमा शुक्रवार दिउँसो आगलागी भएको छ । पोर्चुगल वस्दै आएका पत्रकार एवं साहित्यकार दिक्पालको घरमा विधुत सर्ट भएर आगलागी भएको हो । दिक्पाल परिवारसहित पोर्चुगल बस्दै आएका छन् । उनका दाजु भाउजु र आमा केही दिन अघि काठमाण्डौं गएका थिए । घरमा कोही नभएका बेला आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएपनि करिब १० लाख बराबरको क्षति भएको...
प्रदेश १ स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी निरौला प्रथम

प्रदेश १ स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी निरौला प्रथम

विराटनगर । प्रदेश १ स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी सीता निरौला प्रथम भएकी छन् । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रबार विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम भएकी हुन् । उदयपुर र भोजपुर बाहेक प्रदेश १ का १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीवीच ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको विचारहरु’ विषयक प्रदेश स्तरीय लेख...
धनकुटाबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

धनकुटाबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

धनकुटा । चोरेर ल्याइएको मोटरसाइकलसहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट शुक्रबार दिउँसो एक युवा पक्राउ परेका छन् । सहिदभूमि गाउँपालिका–२ का २२ बर्षीय अशिम राईलाई चोरीको मोटरसाइकलसहित प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । धरान उपमहानगरपालिका–१३ का जितबहादुर गोलेको नाममा दर्ता रहेको को ३९ प ९४३ नम्वरको २२० सीसीको पल्सर मोटरसाइकल गत आइतवार राती घरबाटै हराएको थियो । धरानबाट मोटरसाइकल चोरेर गाउँमा ल्याई...
धनकुटामा पनि राखियो एमालेको बोर्ड

धनकुटामा पनि राखियो एमालेको बोर्ड

धनकुटा । सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताएपछि धनकुटामा नेकपाको कार्यालयमा शुक्रबार नेकपा एमालेको बोर्ड राखिएको छ । एकतापछि नेकपाको जिल्ला पार्टी कार्यालयको रुपमा प्रयोग गरिदै आएको सिरवानीस्थित मदन आश्रीत प्रतिष्ठान भवनमा एमालेको बोर्ड राखिएको हो । बोर्ड फेर्न आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई र अग्रज ने...
कोरोनाविरुद्धको खोप अभियानमा सार्क मुलुकको दोस्रो स्थानमा नेपाल

कोरोनाविरुद्धको खोप अभियानमा सार्क मुलुकको दोस्रो स्थानमा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले १२ पुसमा कार्यभार सम्हाल्दै भनेका थिए, ‘रहस्यमय भाइरसको चपेटामा छौं। कोरोनाविरुद्धको भ्याक्सिन प्रभाव हेर्न त बाँकी नै छ। तर, जनतालाई निःशुल्क खोप उपलब्ध गराउने अठोटसाथ अघि बढ्छौं।’ भारतीय राजदूत विनयमोहन क्वात्रा १६ पुसमा मन्त्री त्रिपाठीलाई बधाई एवं शुभकामना दिन पुगेका थिए। सोही बेला मन्त्री त्रिपाठीले खोप उपलब्धताका लागि सहजीकरण गरि...
झापाको बीएन्डसीलाई ऐनविपरीत सम्बन्धन दिलाउन शिक्षामन्त्रीकै रोहबरमा सम्झौता

झापाको बीएन्डसीलाई ऐनविपरीत सम्बन्धन दिलाउन शिक्षामन्त्रीकै रोहबरमा सम्झौता

काठमाडौं । झापाको बीएन्डसी मेडिकल कलेजलाई ऐनविपरीत सम्बन्धन दिलाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय (केयू) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबीच गोप्य सम्झौता गराएका छन् । स्रोतका अनुसार बुधबार शिक्षा मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा दुर्गा प्रसाईं सञ्चालक रहेको मेडिकल कलेजलाई तत्काल प्रतिष्ठानसँग मिलेर केयूले सम्बन्धन दिने सम्झौता भएको हो । केयूले सम्...
यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त

यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त

काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ । सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । यौन दुर्व्यवहार गरेर बर्खास्त हुने कार्की पहिलो उ...
error: Content is protected !!