संगालोखबर सम्वाददाता
फायल तस्वीर

झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा आज बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनीका १९ वर्षीय कृतिमान खाती छन् । बुद्धशान्ति गाउँपालिका–२ मा हात्तीले आक्रमण गर्दा उनी घाइते भएका थिए ।

घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएकापछि भद्रपुरस्थित मेची अस्पतालमा रेफर गरियो । मेची अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

Advertisement

उनीसँगै अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की पनि घाइते भएका थिए । उनको अवस्था सामान्य रहेको छ । बुधबारेस्थित लिभिङ होम पोलिक्लिनिकमा कार्कीको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना ट्याक्टर मजदूर हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!