संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा रुखबाट लड्दा महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ४२ बर्षीया उर्मिला थापा छन् ।

आइतबार अपरान्ह ४ बजे घर नजिकै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा थापा रुखबाट लडेकी थिइन् । लडेर गंभीर घाइते भएकी थापालाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पुर्याइएको थियो ।

Advertisement

उपचारकै क्रममा साँझ पौने ६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!