संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौं मेडिकल कलेजले भक्तपुरको झौखेलमा मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं.–३ र फरवार्ड माइक्रोफाइनान्स लघुबित्त वित्तिय संस्था लिमिटेडसँगको सहकार्यमा स्थानीय शहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा ८ सय ६४ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय १४ जनाको ईसीजी, १ सय ९२ जनाको ल्याव टेष्ट र १ सय ६४ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, ३१ जनाको दाँत खोलिएको छ ।

जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई अस्पताल रेफर गरिएको छ । रेफर गरिएका बिरामीहरुलाई केएमसीमा ल्याउने र घर पुर्याउने गाडीको व्यवस्थासमेत मिलाइएको छ । रेफर भएका बिरामीले तोकिएको समयमा अप्रेशन गराउँन आएमा ५० प्रतिशत छुट पाउँने र अरु समयमा आएमा २५ प्रतिशत छुट पाउँने केएमसीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!