संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका ६० वटै वडामा नेकपा एमालेको वडा कार्यालय स्थापना गरिने भएको छ । सर्वोच्च अदालतले नेकपा एकता बदर गरेर पुरानै पार्टी व्यूँताएपछि जिल्लाका सात वटै पालिकामा गाउँ/नगर पार्टी कार्यालय उद्घाटन गरेको एमालेले अब सबै वडामा कार्यालय राख्ने भएको हो ।

Advertisement

जिल्ला अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सोमबार बसेको एमाले धनकुटाको विषेश बैठकले जिल्लाका ६० वटै वडामा पार्टीको वडा कार्यालय स्थापना गर्नेसहित चार वटा निर्णय गरेको एमाले प्रचार बिभाग प्रमुख भेषराज कटेलले जानकारी दिए । बैठकले पछिल्लो राजनैतिक घटनाक्रमका कारण पार्टीका नेता कार्यकर्ताहरु जहाँ जे जस्तो अवस्थामा रहेपछि मूल पार्टी एमालेमा आवद्ध हुँन सवैलाई आवहन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्दै एमाले धनकुटाको जिल्ला कमिटिमा रुपान्तरण हुँने र पार्टी मातहतका सवै नेता कार्यकर्ताहरुलाई पार्टी र जनताको काममा लाग्न निर्देशन गर्ने निर्णय पनि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!