संगालोखबर सम्वाददाता

विराटनगर । १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई विशेष अदालतले दुई लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले ठेकेदार मनोजकुमार भेटवाललाई एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Advertisement

४० करोड बढी सम्पत्ति हिनामिना भएकोमा भेटवालसँग १३ करोड २६ लाख विगो माग दाबी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई १० वर्ष कैद सजायसमेत माग दाबी गरेर फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवालले ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँको अवैध कारोबार गरेको राजस्व अनुसन्धान विभागको निष्कर्ष थियो । यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!