संगालोखबर सम्वाददाता

सुनसरी । धरान उपमहानगरपालिका–१५ श्यामचौंकमा गएराती सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सफारीले ठक्कर दिँदा धरान–५ देउरालीका ३५ बर्षीय किशोर बिकको मृत्यु भएको हो ।

Advertisement

को १ ह ७८५९ नम्बरको सिटी सफारीले राती ८ बजे विकलाई ठक्कर दिएको थियो । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका उनको राती १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

ठक्कर दिने सफारी र चालक धरान १५ का मान बहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!