संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले राजारानीस्थित पुण्य माध्यमिक विद्यालयमा विज्ञान र होटल व्यवस्थापन विषय अध्ययनरत २४ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । दुवै बिषयमा अध्ययनरत १२÷१२ जना विद्यार्थीलाई मंगलबार एक कार्यक्रमकाबीच छात्रबृत्ति प्रदान गरिएको हो ।

Advertisement

विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय अध्यनरत १२ जना विद्यार्थीलाई प्रति विद्यार्थी ३० हजार र होटल व्यवस्थापन अध्ययनरत १२ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको चौबिसे गाउँपालिकाको शिक्षा शाखाका प्रमुख चुडामणी रेग्मीले जानकारी दिए । गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी लगायतले विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेका हुन् ।

गाउँपालिका भित्रका हरेक वडाका १/१ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा होटल व्यवस्थापन र विज्ञान विषय अध्ययन गर्न र कक्षा ९ देखि प्राविधिक तथा व्यवसायीक शिक्षा अध्ययन गर्न गाउँपालिकाले बार्षिक कार्यक्रम अन्र्तगत हरेक बर्ष छात्रबृत्ति प्रदान गर्दै आएको छ । छात्रवृत्तिले विपन्न परिवारका विद्यार्थीलाई शिक्षा हासिल गर्ने अवसर प्रदान मात्र नभई गाउँपालिकामा अभाव रहेको दक्ष प्रविधिक जनशक्तीको परिपुर्ती गर्न सघाउ पुग्ने गाउँपालिका अध्यक्ष राई बताउँछन् ।

उत्कृष्ट विद्यार्थी र शिक्षकलाई पनि पुरस्कार
केही दिन अघि पनि चौविसे गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी सम्मानित गरेको थियो । २०७६ सालको गाउँपालिका स्तरीय आधारभूत तह उतीर्ण परीक्षाको नतिजाका आधारमा गाउँपालिका प्रथम, द्वितिय र तृतीय हुँने विद्यार्थीलाई क्रमसः ५ हजार, ४ हजार र ३ हजार नगदसहित प्रमाण पत्र प्रदान गरी सम्मानित गरिएको थियो ।

त्यस्तै, विषयगत रुपमा उत्कृष्ट सिकाइ उपलब्धि हासिल गराउन सफल नेपाली, अंग्रेजी, गणित विज्ञान र सामाजिक विषयका शिक्षकहरुलाईसमेत जनही ५ हजार र प्रशंसा पत्र प्रदान गर्नुका साथै विषयगत रुपमा सवै भन्दा धेर ग्रेड पोइन्ट ल्याउँने थप १५ छात्रछात्रालाई समेत पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!