संगालोखबर सम्वाददाता

धरान । धरानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको दार्जिलिङका ३१ बर्षीय बिशन घले र उनकी श्रीमती २२ बर्षीया पुन्य तामाङ छन् ।

Advertisement

भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट ६ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!