शिक्षक संगठनको अध्यक्षमा अधिकारी
धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा लोक बहादुर अधिकारी चयन भएका छन् । संगठनको आज सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति निर्माण गरेको हो ।
समितिको उपाध्यक्षमा बेघ बहादुर सिजाली, महिला उपाध्यक्षमा सूर्य कुमारी थापा, सचिवमा प्रेम कार्की, सह सचिव महिलामा रन्जाना ओझा, कोषाध्यक्षमा जितन प्रसाद ओझा र सह कोषाध्यक्षमा सीतादेवी कार्की चय...





























