संगालोखबर सम्वाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको भेटवार्ता सकिएको छ । आपसी तिक्तताकाबीच सोमबार एमाले केन्द्रिय पार्टी कार्यालय धुम्बाराहीमा दुई पक्षबीच भेटवार्ता भएको हो ।

Advertisement

भेटवार्तामा नेताहरुले पार्टीको आन्तरिक विवादका विषयमा केन्द्रित छलफल गरेका छन् । भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं नेपाल पक्षका नेता रघुजी पन्तले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । उनले आफूहरुले ओली पक्षले गरेको एकलौटी निर्णय फिर्ता लिन अडान राखेको भएपनि अध्यक्ष ओलीबाट सो बिषयमा ठोस जवाफ नआएको प्रतिक्रिया दिए । नेताहरुले पुनः छलफललाई निरन्तरता दिने उल्लेख गरेका छन् ।

ओली पक्षले नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाएर २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । सो निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!