संगालोखबर सम्वाददाता

मोरङ । बेलबारी नगरपालिकाको ७ औं नगरसभा सोमवार सम्पन्न भएको छ । नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक र सौर्यउर्जा प्रवद्र्धन विधेयक पास गरेको छ ।

Advertisement

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको समुचित उपयोग एवम् दीगो व्यवस्थापन गर्नका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि कानून बनाइएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

यस्तै नगरसभाले आफ्नो नगरमा आफै बैकल्पिक उर्जा उत्पादन गर्ने गरी सौर्यउर्जा प्रवद्र्धन विधेयक पास गरेको छ । बेलबारीले बैकल्पिक उर्जा उत्पादन गर्ने तयारी गरिहरेको छ । प्रकृतिमा निरन्तर रुपमा प्राप्त भइरहने र प्रयोगबाट न्युन वातावरणिय असर पर्ने भएकोले बैकल्पिक उर्जामा जोड दिइएको नगर प्रमुख सुवेदीले बताए ।

वातावरणिय असरसमेत नगर्ने भएपछि वैकलपिक उर्जामा जोड दिएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले बताए । फागुन २९ गते देखी सुरु भएको नगरशभा दुई वटा बिधेयकहरु पारीत गर्दै चैत्र २ गते सकिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!