२०७८ बैशाख ६ गते सोमवारको राशिफल

२०७८ बैशाख ६ गते सोमवारको राशिफल

बि.सं.२०७८ साल बैशाख ६ गते सोमवार ई. सं. २०२१ अप्रील १९ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल सप्तमी, चन्द्रमा मेष राशिमा, पुनर्वसु नक्षत्र सुकर्मा योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जु...
तेह्रथुममा भीरबाट ल्याण्डरोभर खस्यो, चालकको घटनास्थलमै मृत्यु, यात्रुको खोजी हुँदै

तेह्रथुममा भीरबाट ल्याण्डरोभर खस्यो, चालकको घटनास्थलमै मृत्यु, यात्रुको खोजी हुँदै

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ जिरिखिम्तीमा ल्याण्डरोभर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । म्याङलुङबाट मोराहाङ जाँदै गरेको को १ ज ३४०९ नम्बरको ल्याण्डरोभर आइतवार राती करिब ८ः३० बजे जिरिखिम्तीस्थित लाप्चाङ टोलमा दुर्घटना भएको हो । दुर्घटनामा परी ल्याण्डरोभर चालक मोराहाङका करिब ४५ बर्षीय कृष्ण खापुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ल्याण्डरोभर भीरबाट करिब १५० मिटर तल खस...
भोजपुर गोल्डकप सुरु, उद्घाटन खेलमा खोटाङ विजयी

भोजपुर गोल्डकप सुरु, उद्घाटन खेलमा खोटाङ विजयी

भोजपुर । भोजपुर सदरमुकाममा आइतवारदेखि चौथो अन्तर्र्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय टुँडिखेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लवलाई पराजित गर्दै भगवती स्पोर्टस् क्लब खोटाङले विजयी सुरुवात गरेको छ । धरानलाई ट्राईबेकरमा ३–० गोलअन्तरले हराउँदै खोटाङले सेमिफाइनको यात्रा तय गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलमा अतिर...
इनरुवाका विद्यालय अनिश्चितकालका लागि बन्द, भीडभाड हुँने सबै गतिविधिमा लगाइयो रोक

इनरुवाका विद्यालय अनिश्चितकालका लागि बन्द, भीडभाड हुँने सबै गतिविधिमा लगाइयो रोक

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका वालवालिकाहरुमा कोरोनाको संक्रमण देखिन थालेपछि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगर प्रमुख राजन मेहताले आज सूचना जारी गरेर नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । संक्रमण पुनः बढ्न थालेपछि सभा सम्मेलन, मेला, जात्रा जस्...
धनकुटामा होटलको कोठामा झुण्डिएको अवस्थामा महिलाको शव फेला

धनकुटामा होटलको कोठामा झुण्डिएको अवस्थामा महिलाको शव फेला

धनकुटा । धनकुटा नगरपालिका–६ सरस्वती चौकस्थित महालक्ष्मी होटलको कोठामा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । १० दिन अघिदेखि सोही होटलको १०३ नम्बर कोठामा बस्दै आएकी भोजपुरको तिवारीभञ्ज्याङ्ग–१ की ४० बर्षीया कमला मगरको शव कोठामै झुण्डिएको अवस्थामा फेला परेको हो । होटलको कोठाको झ्यालमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मगरको शव फेला परेको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी ...
मोरङ र सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङ र सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । सुनसरी र मोरङमा भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराती पौने ८ बजे सुनसरीको इटहरी–६ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को ३३ प ३२४० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकल चालक इटहरी ८ का ४२ बर्षीय बिरेन्द्र चौधरीको मृत्यु भएको हो । ठक्करबाट चौधरी घाइते ...
गृहमन्त्री थापाको सांसद पद गुम्यो, गृहमन्त्रीबाट पनि पदमुक्त

गृहमन्त्री थापाको सांसद पद गुम्यो, गृहमन्त्रीबाट पनि पदमुक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरेर थापाको पद खारेज भएको जनाएको छ । राष्ट्रियसभा सदस्य पद गुमेसँगै उनी मन्त्री पदबाट पनि स्वत पदमुक्त बनेका हुन् । पूर्व माओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर पूर्व एमाले र माओवादी केन्द्र ब्यूँताउने निर्णय गरेपछि थापा माओवादी के...
एपीएफले जित्यो विराट गोल्डकपको उपाधि

एपीएफले जित्यो विराट गोल्डकपको उपाधि

विराटनगर । विभागिय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ले विराटनगरमा सञ्चालित छैठौं विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा शनिवार राती भएको फाइनल खेलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १–० गोलले पराजित गर्दै एपीएफले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ११ औं मिनेटमा प्रदिप लामाले गरेको एकमात्र गोल नै एपीएफलाई उपाधि दिलाउँन निर्णायक बन्यो । जितसँगै एपीएफले १५ लाख १५ हजार नगद पुरस्...
पाथीभरा दर्शन गर्न जाँदा लेक लागेर दुई वर्षीय बालकको मृत्यु

पाथीभरा दर्शन गर्न जाँदा लेक लागेर दुई वर्षीय बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको आज मृत्यु भएको हो । अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला...
२०७८ बैशाख ५ गते आइतवारको राशिफल

२०७८ बैशाख ५ गते आइतवारको राशिफल

बि.सं.२०७८ साल बैशाख ५ गते आइतवार ई. सं. २०२१ अप्रील १८ नेपाल सम्बत ११४१ पोहेलागा षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, आद्धा नक्षत्र अतिगंड योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेप...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ तय गरिएको छ । निगमले गत चैत २२ गते पनि मूल्य बढाएको थियो । निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि ग...
खोटाङको ऐसेलुखर्कमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

खोटाङको ऐसेलुखर्कमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

खोटाङ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. ३ मा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ऐसेलुखर्क गाउँपालिकासँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै पूर्व सांसद सरस्वती गजुमाया, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति सुवास पोख्रे...
प्रदेश १ का थप ३९ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप ३९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १/१ जन...
धनकुटाको चानुवामा गाउँभर ‘हाइभोल्टेज’ प्रवाह, करेन्ट लागेर एक जनाको मृत्यु, १५ घाइते

धनकुटाको चानुवामा गाउँभर ‘हाइभोल्टेज’ प्रवाह, करेन्ट लागेर एक जनाको मृत्यु, १५ घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा आज विद्युत लाईनमा ‘हाइभोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । बिहान करिब ११ बजे महालक्ष्मी–४ चानुवास्थित भुटडाँडा, नेवार गाउँ, जिमी गाउँ, गैरी गाउँ, झिलिमिली लगायत क्षेत्रको विद्युत लाइनमा ‘हाइभोल्टेज’ प्रवाह भएको हो । विद्युत लाइनमा क्षमताभन्दा बढी विद्युत प्रवाह भई करेन्ट लाग्दा चानुवा–४ भुटडाँडाका ५...
विराट गोल्डकपको उपाधिका लागि एपीएफ र पंजाव पुलिस भिड्दै

विराट गोल्डकपको उपाधिका लागि एपीएफ र पंजाव पुलिस भिड्दै

विराटनगर । विराटनगरमा जारी छैठौं विराट गोल्डकपको उपाधिका लागि आज विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) र भारतको पंजाव पुलिसबीच खेल हुँदैछ । विराटनगरस्थित सहिद रंगशालामा साँझ साँढे ६ बजेदेखि सुरु हुँने फाइनल खेलमा एपीएफ र पंजाव पुलिस आम्नेसाम्ने हुन लागेका हुन् । पाहुना टोली पंजाव पुलिस पहिलो पटक विराट गोल्डकपको उपाधि नजिक पुगेको हो भने एपीएफ यो सिजनमा तेस्रो पटक उपाधि जित्ने दाउमा छ । एपीएफले क्वा...
धनकुटामा जंगलमा दिसा गर्न बसेका बेला बँदेलले गर्यो आक्रमण, घाइतेलाई घोपा पठाइयो

धनकुटामा जंगलमा दिसा गर्न बसेका बेला बँदेलले गर्यो आक्रमण, घाइतेलाई घोपा पठाइयो

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७ बर्षीय धनवहादुर श्रेष्ठ घाइते भएका हुन् । धनकुटा नगरपालिका-९ स्थित म्हाङ्ग खोला नजिक जंगलमा शुक्रवार दिउँसो २:३० बजे दिसा गर्न बसेका बेला श्रेष्ठलाई बँदेलले आक्रमण गरेको हो । उनी म्हाङ्ग खोलामा ढुङ्गा, गिटी, वालुवा उत्खनन्को काम गर्दै आएका थिए । ...
२०७८ बैशाख ४ गते शनिवारको राशिफल

२०७८ बैशाख ४ गते शनिवारको राशिफल

बि.सं.२०७८ साल बैशाख ४ गते शनिवार ई. सं. २०२१ अप्रील १७ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल पञ्चमी, चन्द्रमा मीन राशिमा, मृगशिरा नक्षत्र शोभन योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३७ बजे, सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्...
धरान आउँदै गरेको बस कोहलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु, ३७ घाइते

धरान आउँदै गरेको बस कोहलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु, ३७ घाइते

विराटनगर । सुर्खेतबाट धरान आउँदै गरेको यात्रुबाहक बस शुक्रबार साँझ बाँकेको कोहलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ३७ जना घाइते भएका छन् । कोहलपुर नगरपालिका–१२ रोहिणी खोला आर्मि ब्यारेक नजिक साँझ करिब ७ बजे मे १ ख ३३४७ नम्बरको बस र विपरित दिसावाट जाँदै गरेको ना.अ.क–४१ नम्बरको टिपर जुधेका हुन् । दुर्घटनामा परी एक जनाको घटनास्थलमै र चार जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलप...
धनकुटामा ‘दादागिरी’ देखाएको आरोपमा ६ युवा पक्राउ

धनकुटामा ‘दादागिरी’ देखाएको आरोपमा ६ युवा पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महालक्ष्मी–१ घर भई धनकुटा–६ पात्ले बस्दै आएका २४ बर्षीय दिपक खड्का, तेह्रथुमको छथर–२ घर भई धनकुटा–९ बस्दै आएका २२ बर्षीय रामकुमार लिम्बु, धनकुटा–९ ग...
सरस्वती माविलाई राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

सरस्वती माविलाई राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालित १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उपाधि चानुवास्थित सरस्वती माध्यमिक विद्यालयले जितेको छ । १६ स्वर्णपदकसहित सरस्वती माविले नगरस्तरीय प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा ६ स्वर्णसहित चानुवा मावि दमार उप बिजेता बनेको छ । ३ स्वर्णपदक पाउँदै नविन शिक्षा सदन डाँडागाउँले तृतीय स्थान ओगटेको छ भने १ स्वर्णपदकसहित राम मावि गणेशटा...
प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २/२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनृुसार मोरङको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १/१ जना संक्रमित थपिएका हुन् । त्यस्तै झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २/२ र दमकमा १ जनामा संक्रमण देखिएको छ । यता, भोजपुरको अरुण...
सप्तरीमा हात्तीले आक्रमण गर्दा किसानको मृत्यु

सप्तरीमा हात्तीले आक्रमण गर्दा किसानको मृत्यु

सप्तरी । हात्तीको आक्रमणबाट आज सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए । हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय क...
भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु

भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु

विराटनगर । भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बिहिबार साँझ हावाहुरी, पानीसहित परेको चट्याङ लागेर तेह्रथुमको छथर गाउँपालिका ६ असिनेकी ९ बर्षीया रोहीता मगर र भोजपुरको षडानन्द नगरपालिका ८ निगुरेकी ६० बर्षीया मनमाया राईको मृत्यु भएको हो । बेलुका ७ बजे आफ्नै घरमा बसिरहेका बेला बालिका मगरलाई चट्याङले लागेको थियो । चट्याङले लागेर उनको टाउकोदेखि घाँटीसम्मको बाँयापट्टीको भाग जल्य...
२०७८ बैशाख ३ गते शुक्रबारको राशिफल

२०७८ बैशाख ३ गते शुक्रबारको राशिफल

बि.सं.२०७८ साल बैशाख ३ गते शुक्रबार ई. सं. २०२१ अप्रील १६ नेपाल सम्बत ११४१ पोहेलागा चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल चतुर्थी, चन्द्रमा मीन राशिमा, रोहिणी नक्षत्र सौभाग्य योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः३८ बजे, सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर ...
धनकुटामा भीषण असिना पानी: करोडौंको बाली छिनभरमै स्वाहा, सडक र विद्युत अवरुद्ध

धनकुटामा भीषण असिना पानी: करोडौंको बाली छिनभरमै स्वाहा, सडक र विद्युत अवरुद्ध

धनकुटा । धनकुटामा बिहिबार साँझ भीषण असिना पानी परेको छ । साँझ करिब ५ बजेबाट हावाहुरीसहित असिना पानी परेको हो । करिब एक घण्टा परेको असिना पानीले जिल्लामा करोडौं मूल्य बरावरको तरकारी बाली नष्ट गरेको किसानहरुले बताएका छन् । धनकुटाको उत्तरी भागमा तीन फिटसम्म वाक्लो असिना जमेको छ । अत्याधिक परेको असिनाले तरकारी बाली ढाक्दा ठूलो क्षति पुगेको सिधुवाका अगुवा कृषक मेघेन्द्र गुरुङले बताए । ‘एक घण्टा परेक...
विराट गोल्डकपमा झगडा, दुई खेलाडीलाई रेड कार्ड

विराट गोल्डकपमा झगडा, दुई खेलाडीलाई रेड कार्ड

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको विहीवार भएको सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लव र काठमाडौंको संकटा क्लवका खेलाडीबीच झगडा भएको छ । विराटनगरको सहिद रंगशालामा भएको खेल सकिएलगत्तै दुवै टिमका खेलाडीबीच हात हालाहाल भएको हो । रेफ्री श्याम दनुवारले खेल सकिएको घोषणा गरेसँगै संकटा र पंजावका खेलाडीबीच झगडा भएको थियो । रेफ्री र अन्य खेलाडीले झगडा छुट्याएका छन् । झगडाको कारण खुलेको छैन । झगड...
संकटालाई हराउँदै पंजाव पुलिस विराट गोल्डकपको फाइनलमा

संकटालाई हराउँदै पंजाव पुलिस विराट गोल्डकपको फाइनलमा

विराटनगर । भारतको पंजाव पुलिस क्लव विराटनगरमा जारी विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा संकटा क्लबलाई १–० गोलले पराजित गर्दै पंजाव पुलिस उपाधि नजिक पुगेको हो । खेलका ७५ औं मिनेटमा परमजीत सिंहले गरेको एकमात्र गोल नै पाहुना टोली पंजावलाई फाइनल पुर्याउँन पर्याप्त बन्यो । हरजीन्द्र सिंहले निकालेको क्रस पासमा परमजीतले पेलान्टी एरिया नजिकबाट...
प्रदेश १ मा थपिए १६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमित हुँनेको संख्या ३० ह...
मोरङसहित १४ जिल्ला कोरोना अति प्रभावितको सूचीमा, भीडभाड हुँने क्षेत्रमा नजान अपिल

मोरङसहित १४ जिल्ला कोरोना अति प्रभावितको सूचीमा, भीडभाड हुँने क्षेत्रमा नजान अपिल

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको प्रभाव अब निकै चुनौतिपूर्ण हुँने निष्कर्ष निकाल्दै मोरङसहित १४ जिल्लालाई कोरोना अति प्रभावित जिल्लाको सूचीमा राखेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गरेर अति प्रभावितको सूचीमा परेका जिल्लामा भीडभाड हुँने गतिविधिमा सहभागि नहुँन आग्रह गर्दै जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गर्न आग्रह गरेको हो । मोरङसहित काठमाडौं, ललितपुर, कास्की, ...
झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बिहान साढे ४ बजे पश्चिमतर्फ जादै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रीत भई दुर्घट्ना भएको हो । दुर्घटनामा परी एम्बुलेन्स चालक ललितपुरको गोदावरी नगरपालिका–७ का २० बर्षीय उत्सब घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा एम्बुलेन्स चालक घिम...
पाँचथरमा ट्याक्टरबाट लड्दा सह–चालकको मृत्यु

पाँचथरमा ट्याक्टरबाट लड्दा सह–चालकको मृत्यु

पाँचथर । पाँचथरमा ट्याक्टरबाट लड्दा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा फाल्गुनन्द गाउँपालिका–४ का २८ बर्षीय रोशन चेम्जोङ छन् । बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापुतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लड्दा सह–चालक चेम्जोङ घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएका उनको राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ...
error: Content is protected !!