- संगालोखबर सम्वाददाता

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ जिरिखिम्तीमा ल्याण्डरोभर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । म्याङलुङबाट मोराहाङ जाँदै गरेको को १ ज ३४०९ नम्बरको ल्याण्डरोभर आइतवार राती करिब ८ः३० बजे जिरिखिम्तीस्थित लाप्चाङ टोलमा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी ल्याण्डरोभर चालक मोराहाङका करिब ४५ बर्षीय कृष्ण खापुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ल्याण्डरोभर भीरबाट करिब १५० मिटर तल खसेको दुर्घटनास्थलमा खटिएका सशस्त्र प्रहरी बलको नं.३ गुल्मका जवान अमृत थापाले बताए । ‘गाडी रोडबाट १५० मिटर भन्दा तल खसेको छ, ड्राइभरको घटनास्थलमै मृत्यु भएको छ । अन्य घाइते छन् की भनेर खोजी हुँदैछ,’ थापाले संगालोखबरसँग भने,‘महिलाको चप्पल र कानको झुम्का भेटियो, तर मान्छे भेटिएको छैन । खोजी भइरहेको छ ।’

चालकको मृत्यु भएकाले गाडीमा कति सवार थिए भन्ने खुल्न सकेको छैन । रातीको समयमा गाडी भीरबाट निकै तल खसेकाले अन्य यात्रु पनि दुर्घटनामा परेको हुँनसक्ने अनुमान गरेर प्रहरीले खोजी गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!