संगालोखबर सम्वाददाता

पाँचथर । पाँचथरमा ट्याक्टरबाट लड्दा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा फाल्गुनन्द गाउँपालिका–४ का २८ बर्षीय रोशन चेम्जोङ छन् ।

Advertisement

बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापुतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लड्दा सह–चालक चेम्जोङ घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएका उनको राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर र चालक पाँचथर कुम्मायक–३ रानिगाँउका २३ बर्षीय कालीबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!