- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका वालवालिकाहरुमा कोरोनाको संक्रमण देखिन थालेपछि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

नगर प्रमुख राजन मेहताले आज सूचना जारी गरेर नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । संक्रमण पुनः बढ्न थालेपछि सभा सम्मेलन, मेला, जात्रा जस्ता भीडभाड हुँने गतिविधिमा पनि नगरपालिकाले रोक लगाएको छ ।

इनरुवाका दुई विद्यालयका दुईजना विद्यार्थीमा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसलगत्तै सर्वपक्षीय छलफल आयोजना गरेर नगरपालिकाले सतर्कता अपनाउँन भीडभाडजन्य गतिविधिमा रोक लगाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!